४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

महिला टोलीलाई शुभकामना दिँदा ‘चिप्लिए’ खेलकुदमन्त्री

महिला टोलीलाई शुभकामना दिँदा ‘चिप्लिए’ खेलकुदमन्त्री
तस्बिरः एन्फा । फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई युनिलिभर नेपालले प्रायोजन गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार युनिलिभरसँग प्रायोजनसम्बन्धी सम्झौता गरेको हो ।

होटल सोल्टीमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु तथा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ लगायत सहभागी थिए । सम्झौता कार्यक्रममा महिला टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो, एन्फा अध्यक्ष नेम्वाङ, युनिलिभर नेपालका म्यानेजिङ डिरेक्टर अमलान मुखर्जीसहितले कार्यक्रमलाई सम्बोधन गरे ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री लिम्बुलाई पनि बोल्न दिइयो । लिम्बुले बोल्दै गर्दा खेलकुद क्षेत्रबारे थोरै पनि ज्ञान नभएको आफैंले पुष्टि गरे ।उनले आफ्नो सम्बोधनका क्रममा महिला फुटबल टोलीलाई अष्ट्रेलिया–न्यूजिल्याण्ड विश्वकप फुटबलमा खेल्न जान लागेको भन्दै शुभकामना दिए ।

‘नेपाली चेलीहरुले उत्कृष्ट प्रदर्शन गरिरहनुभएको छ । तपाईहरु अष्ट्रेलिया–न्यूजिल्याण्ड खेल्न जानेक्रममा हुनुहुन्छ । तपाईहरु जितेर आउन सक्नुहुनेछ भन्ने म पूर्ण विश्वास व्यक्त गर्न चाहन्छु ।’ उनले भने ‘तपाईहरुले सिंगो नेपाली जनताको विश्वास लिएर जाँदै हुनुहुन्छ । नेपाल सरकारको भावना, विश्वास लिएर जाँदै हुनुहुन्छ । उच्च मनोवल लिएर खेल्दै जित हासिल गर्नुस् म शुभकामना व्यक्त गर्न चाहन्छु ।’

उनको उक्त अभिव्यक्तिले कार्यक्रममा सहभागी सबैलाई हँसायो । सहभागीहरु गाइँगुइँ गर्न थाले । युनिलिभरसँग एन्फाले महिला फुटबल टोलीका लागि गर्न लागेको प्रायोजन सम्झौता कार्यक्रममा आएर विश्वकपमा जान लागेको भन्दै शुभकामना दिएपछि उनी हाँसोको पात्र बन्न पुगेका हुन् ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटको पहिलो चरण पनि पार गर्न सकेको छैन ।