१९ श्रावण २०८३, मंगलवार
,
Latest
मुलुकलाई कसैको प्लेग्राउण्ड बन्न नदिन पनि एउटा सशक्त गुप्तचर निकाय आवश्यकः अमरेशकुमार सिंह सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ शिष्टाचार भेट हिन्दु सम्राट् सेनाप्रति सांसद राईको आपत्ति, सरकारलाई कडा कदम चाल्न आग्रह विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै सुदूरपश्चिमका विकास आयोजना र स्थानीय समस्या समाधान गर्न रास्वपा सांसदहरूको प्रधानमन्त्रीसँग आग्रह गोली चलाउने प्रवृत्ति अन्त्य गर्न सरकारसँग अमरेश सिंहको आग्रह युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकाय मातहत राख्ने भन्दा पनि सशक्त बनाउनु मुख्य विषयः सांसद पोखरेल मुलुकका पाँच सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षमा दुई वटा केन्द्रीय समिति बैठक उपत्यका बाहिर गरौँ– महामन्त्री थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय समितिको बैठक वर्षमा दुई पटक उपत्यकाबाहिर गर्न प्रस्ताव गर्नुभएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा उहाँले आगामी छ वटा बैठकको मितिसमेत प्रस्ताव गर्नुभएको छ । पार्टी विधानबमोजिम हरेक दुई महिनामा एउटा केन्द्रीय समितिको बैठक बस्नुपर्नेछ । यद्यपि एक वर्षपछि मात्र मंगलबार केन्द्रीय समितिको बैठक बसेको हो ।

महामन्त्री थापाले आगामी एक वर्षका लागि बस्ने बैठकको मिति नै प्रस्ताव गर्नुभएको छ । उहाँले हेरक दुई/दुई महिनामा बैठक गर्ने भन्दै असोज, मंसिर, माघ, चैत र जेठको पहिलो साता बैठक राख्ने प्रस्ताव गर्नुभएको हो । वर्षमा दुई वटा बैठक काठमाडौं उपत्यका बाहिर गर्ने प्रस्ताव छ उहाँले राख्नुभएको छ ।




भर्खरै