२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रातृ संगठनको भदौ १५ भित्र तदर्थ समिति गठन गर्न कांग्रेसमा प्रस्ताव



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा कार्यकाल सकिएका ६ वटा भ्रातृ संगठनको तदर्थ समिति भदौ १५ भित्र गठन गर्ने प्रस्ताव पेश भएको छ ।

पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापाले उक्त प्रस्ताव गर्नुभएको हो ।

उहाँले नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव राख्नुभएको हो ।

म्याद सकिएर तदर्थ समिति बनेको, तर समितिले पूर्णता नपाएका नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संगठनलाई ६ महिनाभित्र अधिवेशन गरिसक्ने गरी भदौ १५ भित्र पूर्णता दिने पनि उहाँले प्रस्ताव गर्नुभएको छ ।

उहाँका अनुसार सबै भ्रातृ संस्थाहरुले आफ्नो कार्यतालिका बनाउनुपर्नेछ भने हरेक ३र३ महिना प्रथति प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ ।