२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमानको करिअरमै सबैभन्दा कम रेटिंग पाउने फिल्म बन्यो ‘राधे’



अ+ अ-

एजेन्सी । १३ मेमा रिलिज भएको सलमान खानको फिल्म राधेले दर्शकको मन जित्न असफल भएको छ । 

कोरोना महामारीबीच प्रदर्शनमा आएको फिल्मले बक्स अफिसमा राम्रो ब्यापार गर्न सकेन भने ओटीटीको माध्यमबाट फिल्म हेर्ने दर्शकले पनि यस फिल्मलाई सलमान खानको करिअरकै सबैभन्दा झुर फिल्म घोषित गरिदिएका छन् । 

इन्टरनेट मुभी डेटाबेस(आइएमडीबी)ले यसलाई १.८ रेटिंग दिएको छ । जुन उनको करिअरमै सबैभन्दा कम रेटिंग पाउने फिल्म हो । 

यसभन्दा अघिल्ला फिल्महरु रेस ३ ले १.९, दबंग ३ ले ३, मी एण्ड मिसेस खन्नाले ३.५ रेटिंग पाएका थिए ।