• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

एनआरएनए जापानको अध्यक्षमा राजकुमार अधिकारीबाट उम्मेदवारी घोषणा



नागोया र जापान । एन आर एन जापानको अधिवेशन नजिकिँदै गर्दा नेतृत्वको लागि धमाधम उम्मेद्वारी घोषणा हुन थालेका छन ।

यसै क्रममा नागोयामा पत्रकार सम्मेलन गर्दै एनआरएनए जापानका वर्तमान उपाध्यक्ष राजकुमार अधिकारीले नेतृत्वको दाबी गर्दै अध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । अधिकारीले पत्रकार सम्मेलन गर्दै आफु नेतृत्वमा पुगेपछि गर्ने कामको १५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।

वर्तमान कार्यसमितिमा रहेर पनि हरहमेसा जापानबासी नेपालीको सुख दुःखमा हातेमालो गर्दै आएको प्रसंग उल्लेख गर्दै अधिकारीले आफूलाई धेरै बोल्न नआउने तर काममा सधैँ इमान्दारीपूर्वक लागेको र भविष्यमा पनि लाग्ने बताउनुभयो ।