२३ असार २०८३, मंगलवार
,
Latest
१४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेतृ देउवाद्वारा अक्सिजन कन्सेन्ट्रेटर प्रदान



अ+ अ-

कैलाली । नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले धनगढीको सेती प्रादेशिक अस्पताललाई आज अक्सिजन कन्सेन्ट्रेटर प्रदान गर्नु भएको छ । नेतृ डा देउवाले प्रादेशिक अस्पताललाई दुई थान अक्सिजन कन्सेन्ट्रेटर उपलब्ध गराउनु भएको अस्पतालले जनाएको छ । सो अक्सिजन कन्सेन्ट्रेटर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयले आजै बुझ्नु भएको हो ।

प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसबाट कैलाली क्षेत्र नम्बर ५ को उम्मेदवार समेत हुनु भएकी नेतृ देउवाले यसअघि अक्सिजन प्लान्ट स्थापनाका लागि धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा रु। १० लाख आर्थिक सहयोग गर्नु भएको उमहानगरपालिकाले जनाएको छ । 

यस्तै अक्सिजन प्लान्ट स्थापनाका लागि उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा निर्माण व्यवसायी सङ्घ कैलालीले सहयोग गरेको छ । 

नगरप्रमुख नृपबहादुर वडलाई आज निर्माण व्यवसायी सङ्घ कैलाली परिवारले रु चार लाख २१ हजार सहयोगको चेक हस्तान्तरण गरेको छ । सो कोषमा सङ्गम सहकारी वचत तथा ऋण सहकारी संस्थाले पनि रु ७५ हजार सहयोग गरेको छ ।