
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २-० गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन दुबै गोल डिआगो जोटाले गरे । उनले खेलको ३४ औं र ८७ औं मिनेटमा गोल गरेका हुन् ।
जितसँगै लिभरपुलको २३ खेलबार ५१ अंक रहँदा तालिकाको दोस्रो स्थानमा छ । लेस्टर सिटी भने २१ खेलबाट २६ अंकसहित १२ औं स्थानमा छ ।
यस्तै, बिहीबार राति नै भएको अर्को खेलमा खेलमा आर्सनलले वल्भ्सलाई १-० गोलले पराजित गरेको छ ।
वल्भ्सको मैदानमा आर्सनललाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको २५ औं मिनेटमा गाब्रियलले गरे ।
खेलको ६९ औं मिनेटमा गाब्रियल मार्टिनेलीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै २२ खेलबाट ३९ अंकसहित आर्सनल अंकतालिकाको पाँचौं स्थानमा छ भने समान खेलबाट ३४ अंकसहित वल्भ्स आठौं स्थानमा छ ।