२३ असार २०८३, मंगलवार
,
Latest
१४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार गौतमलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगियो



अ+ अ-

दोलखा । दोलखाका पत्रकार रविन्द्र गौतमलाई श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ । 

केही दिनदेखि सामान्य ज्यरो रुघाखोकीको सामना गरेका गौतमलाई आज एक्कासीसमस्या देखिएपछि थप उपचारका लागि काठमाडौं लगिएको हो । 

उहाँलाई कोभिड–१९ को आशंकामा आज एन्टिजिन परीक्षण गर्दा पोजेटिभ देखिएको चरिकोट अस्पतालले जनाएको छ । उहाँको फोक्सोमा समस्या भएको जनाइएको छ । 

पत्रकार गौतम दोलखाबाट प्रसारण हुने रेडियो भीमेश्वरको स्टेशन म्यानेजर तथा दोलखाबाट अन्नपूर्ण पेष्ट दैनिकमा कार्यरत हुनुहुन्छ ।