• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

‘शाहरुखको ‘जवान’ले १०० करोडको ओपनिङ गर्न सक्छ’



एजेन्सी । शाहरुख खानको फिल्म ‘जवान’लाई लिएर उत्तर र दक्षिणका विज्ञहरुको राय छ । फिल्मले हिन्दी क्षेत्रमा पहिलो दिन ६० करोड र दक्षिण क्षेत्रबाट ३५ देखि ४० करोडको ओपनिङ गर्न सक्ने उनीहरुको भनाइ छ । यसरी फिल्मले पहिलो दिनमै सय करोड कमाउने आंकलन गरिएको छ ।

यसको मुख्य कारण शाहरुख खानको स्टारडम हो । यसका साथै फिल्ममा साउथका चर्चित स्टारहरुले काम गरेको कारण पनि रहेको छ । साउथमा जवानसँग कुनै ठूलो फिल्मको टकराव छैन ।

प्रभासको सालार २८ सेप्टेम्बरमा आउँदैछ । त्यतिन्जेल बक्स अफिसको फिल्ड पूरै खाली छ । यस वर्ष दक्षिण क्षेत्रमा सबैभन्दा बढी हाईप जवानको रहेको व्यापारी पण्डितहरुको विश्वास छ ।

बाहुबलीपछि हिन्दी बजारमा साउथ फिल्मको लोकप्रियता बढेको धेरै ट्रेड विश्लेषकको भनाइ छ । त्यसैगरी जवानबाट साउथ इन्डस्ट्रीमा हिन्दी फिल्मका लागि बाटो खुल्न सक्छ ।