२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठाकुर महतो भिखमाग्ने हैसितमा पुगे: डा. बाबुराम भट्टराई



अ+ अ-

काठमाण्डौ । जनता समाजबादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा .बाबुराम भट्टराईले आपनौ पार्टीका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोलाई भिखमाग्नेको उपधी दिनु भएको छ । सामाजिक संञ्जालमा  नेता भट्टराईले उहाँहरु प्रति आक्रोश ब्यक्त गर्दे मन्त्री माग्न तम्सिएका केही नेताबारे एक मधेसी मित्रले गरेको ठट्टाः एउटा भिखारीले चिट्ठा किनेछ।अर्कोले सोधेछ–एक करोड पाए के गर्छस्? गाडी किन्छु ! गाडीले के गर्छस् ? गाडी चढेर माग्न जान्छु !! भन्दै कटाक्ष गर्नुभएको छ । नेता भट्टराईले लेख्नुभएको छ –

इतिहासमा पहिलोपटक मधेसी प्रम बन्ने सम्भावना बढेको बेला त्यसलाई लत्याएर पुरानै सत्ताधारीसंग मन्त्री माग्न तम्सिएका केही नेताबारे एक मधेसी मित्रले गरेको ठट्टास् एउटा भिखारीले चिट्ठा किनेछ।अर्कोले सोधेछ(एक करोड पाए के गर्छस : गाडी किन्छु !- गाडीले के गर्छस् – गाडी चढेर माग्न जान्छु !!