• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

सप्तकोशी किनारमा युवतीहरूबीच हानाहान, एक जना पक्राउ



काठमाडौँ । सप्तकोशी किनारमा युवतीहरूबीच हानाहान भएको छ । सुनसरीको बराहाक्षेत्र नगरपालिका–१० मा युवतीहरूबीच कुटपिट भएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

कुटपिटमा संलग्न रहेको आरोपमा एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार १९ वर्षीया प्रिति लिम्बुलाई आइतबार राति पक्राउ गरिएको हो ।

कुटपिट घटना गत असार २९ गतेको रहेको छ । प्रितिसहित ५ जना युवतीको समूहले ३ जना युवतीमाथि कुटपिट गरेका थिए ।

प्रहरीले अन्य ४ जनाको खोजी गरिरहेको छ । कुटपिट गर्ने दुवै पक्षका युवतीहरू एउटै गाउँका रहेको बताइएको छ ।