११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तकोशी किनारमा युवतीहरूबीच हानाहान, एक जना पक्राउ



अ+ अ-

काठमाडौँ । सप्तकोशी किनारमा युवतीहरूबीच हानाहान भएको छ । सुनसरीको बराहाक्षेत्र नगरपालिका–१० मा युवतीहरूबीच कुटपिट भएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

कुटपिटमा संलग्न रहेको आरोपमा एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार १९ वर्षीया प्रिति लिम्बुलाई आइतबार राति पक्राउ गरिएको हो ।

कुटपिट घटना गत असार २९ गतेको रहेको छ । प्रितिसहित ५ जना युवतीको समूहले ३ जना युवतीमाथि कुटपिट गरेका थिए ।

प्रहरीले अन्य ४ जनाको खोजी गरिरहेको छ । कुटपिट गर्ने दुवै पक्षका युवतीहरू एउटै गाउँका रहेको बताइएको छ ।