४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

भारतविरुद्ध नेपाल १६७ रनमा अलआउट

भारतविरुद्ध नेपाल १६७ रनमा अलआउट
अ+ अ-

काठमाडौँ । श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारत ‘ए’लाई १६८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको नेपाल ३९.१ ओभरमा अलआउट हुँदै १६७ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८५ बलमा ६५ रन जोडे । यस्तै, गुलशन झाले ३० बलमा ३८, देव खनालले २१ बलमा १५, सोमपाल कामीले ३९ बलमा १४ रन जोडे । कुशल भुर्तेल शून्य रनमै आउट हुँदा आशिफ शेखले ७, भीम सार्कीले ४ रन बनाए । यस्तै पवन शर्राफले ९ बलमा ६ रन जोड्दा ललित राजवंशीले ७ बलमा ३ रन जोडे ।

बलिङतर्फ भारतका निषान्त सिन्धुले ४ विकेट लिए भने राजवर्दन हांगारगेकर ३, हर्षित रानाले २ तथा मानव सुथरले १ विकेट लिए ।