१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्ध नेपाल १६७ रनमा अलआउट



अ+ अ-

काठमाडौँ । श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारत ‘ए’लाई १६८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको नेपाल ३९.१ ओभरमा अलआउट हुँदै १६७ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८५ बलमा ६५ रन जोडे । यस्तै, गुलशन झाले ३० बलमा ३८, देव खनालले २१ बलमा १५, सोमपाल कामीले ३९ बलमा १४ रन जोडे । कुशल भुर्तेल शून्य रनमै आउट हुँदा आशिफ शेखले ७, भीम सार्कीले ४ रन बनाए । यस्तै पवन शर्राफले ९ बलमा ६ रन जोड्दा ललित राजवंशीले ७ बलमा ३ रन जोडे ।

बलिङतर्फ भारतका निषान्त सिन्धुले ४ विकेट लिए भने राजवर्दन हांगारगेकर ३, हर्षित रानाले २ तथा मानव सुथरले १ विकेट लिए ।