२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपाल सम्बद्ध किसान संगठनले भन्यो: ‘लम्पी स्किन नियन्त्रण र पीडितलाई क्षतिपूर्ति देउ’



file photo
अ+ अ-

काठमाडौं । राप्रपा नेपाल निकट राष्ट्रिय किसान संगठन नेपालले लम्पी स्किन रोगको प्रकोप नियन्त्रण र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

संगठनका अध्यक्ष डम्बर प्रसाद सिवाकोटीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ– हाल देशभर महामारीको रुपमा फैलिएको लम्पी स्किन संक्रमण रोगले नेपाल भरिका हजारौं पशुचौपायाहरु मरेका र लाखौं संक्रमित भएका छन् । यस्तो गम्भिर समस्याप्रतिको उदासिनताप्रति ‘राष्ट्रिय किसान संगठन नेपाल’ खेद प्रकट गर्दछ ।

लम्पी स्किन रोगको प्रकोपबाट हाल देखिएको जटिल अवस्थालाई गम्भिररुपमा लिन तथा आवश्यक योजना तथा कार्यक्रमसहित रोग नियन्त्रणमा तत्काल सम्वद्ध निकायका संयन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गर्न ‘राष्ट्रिय किसान संगठन नेपाल’ सरकारसँग माग गर्दछ ।

लम्पी स्किन रोगको कारणबाट आमकिसानलाई पुग्न गएको क्षतिको उचित क्षतिपूर्ति, रासायनिक मल तथा बिउबिजनको व्यवस्थापन लगायतका कृषकहरुका समस्याहरुमाथि सरकार गम्भिर नहुने हो भने ‘राष्ट्रिय किसान संगठन नेपाल’ सडक संघर्षमा उत्रन बाध्य हुने भन्दै संगठनले यथोचित समाधानको लागि दीर्घकालीन योजना ल्याउन सरकारसँग माग गरेको छ ।