१९ श्रावण २०८३, मंगलवार
,
Latest
युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकाय मातहत राख्ने भन्दा पनि सशक्त बनाउनु मुख्य विषयः सांसद पोखरेल मुलुकका पाँच सडकखण्ड अवरुद्ध बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु सुनसरीसहित पूर्वी मधेसको धार्मिक तनावबारे निष्पक्ष अनुसन्धान गर्न कांग्रेस सचेतक राईको माग राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै रहनुपर्ने कानूनमन्त्रीको अडान नेपाल राष्ट्र बैंक ऐन संशोधनः सञ्चालक समितिको संरचनामा सहमति, तीन स्वतन्त्र सदस्यमध्ये एक महिला अनिवार्य दैलेखको ग्यास खानीले हामीलाई गिज्याइरहेको छः एमाले सांसद राणा काँग्रेस सांसद कार्कीको प्रश्न–२३ लाख ग्यास सिलिण्डर कता हरायो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपाल सम्बद्ध किसान संगठनले भन्यो: ‘लम्पी स्किन नियन्त्रण र पीडितलाई क्षतिपूर्ति देउ’



file photo
अ+ अ-

काठमाडौं । राप्रपा नेपाल निकट राष्ट्रिय किसान संगठन नेपालले लम्पी स्किन रोगको प्रकोप नियन्त्रण र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

संगठनका अध्यक्ष डम्बर प्रसाद सिवाकोटीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ– हाल देशभर महामारीको रुपमा फैलिएको लम्पी स्किन संक्रमण रोगले नेपाल भरिका हजारौं पशुचौपायाहरु मरेका र लाखौं संक्रमित भएका छन् । यस्तो गम्भिर समस्याप्रतिको उदासिनताप्रति ‘राष्ट्रिय किसान संगठन नेपाल’ खेद प्रकट गर्दछ ।

लम्पी स्किन रोगको प्रकोपबाट हाल देखिएको जटिल अवस्थालाई गम्भिररुपमा लिन तथा आवश्यक योजना तथा कार्यक्रमसहित रोग नियन्त्रणमा तत्काल सम्वद्ध निकायका संयन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गर्न ‘राष्ट्रिय किसान संगठन नेपाल’ सरकारसँग माग गर्दछ ।

लम्पी स्किन रोगको कारणबाट आमकिसानलाई पुग्न गएको क्षतिको उचित क्षतिपूर्ति, रासायनिक मल तथा बिउबिजनको व्यवस्थापन लगायतका कृषकहरुका समस्याहरुमाथि सरकार गम्भिर नहुने हो भने ‘राष्ट्रिय किसान संगठन नेपाल’ सडक संघर्षमा उत्रन बाध्य हुने भन्दै संगठनले यथोचित समाधानको लागि दीर्घकालीन योजना ल्याउन सरकारसँग माग गरेको छ ।

 




भर्खरै