२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

लेखिका डा. बानिरा गिरीको निधन

लेखिका डा. बानिरा गिरीको निधन
अ अ+ अ-

काठमाडौ ।  नेपाली साहित्यका विश्व नारीरत्न डा.वानीरा गिरीको आइतबार राति १० बजे कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरको सिभिल अस्पताल पुर्‍याएको आधा घन्टामा नै उनको निधन भएको थियो । लामो समयदेखि मधुमेहको शिकार उनी विगत पाँच वर्षदेखि अल्जाइमर रोगबाट पनि पिडीत थिइन् । साथै विगत तीन वर्षदेखि उनी अर्धचेतनाको दिनचर्या धानिरहेकी थिइन् ।

डा.गिरीका पति इन्जिनियर शङ्कर गिरीको प्रबल इच्छाले २०७६ सालमा वानीरा फाउन्डेशनको स्थापना भएको थियो । सो फाउन्डेशनको पुँजी राशि झन्नै सात करोड रुपियाँ बराबर रहेको छ ।

त्रिमूर्ति निकेतनको आयोजनामा डा.गिरीलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा रथारोहण गराइएको थिए । त्यही अवसरमा प्रधानमन्त्री कोइरालाबाट डा.गिरी पाँच लाख रुपियाँ राशि सहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधिद्वारा सम्मानित भएकी थिइन् । सोही अवसरमा कोइरालाले डा.गिरीलाई उनकै उचाई बराबरको ताम्रपत्रसमेत समर्पण गरेका थिए ।

डा.गिरीको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो । उनको न्वारनको नाउँ सत्यदेवी थियो । राजा महेन्द्रद्वारा प्रदत्त छात्रवृत्तिमा २०२२ सालमा एम्ए पढ्न उनी काठमाडौँ आएकी थिइन् । उनी २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेसामा आवद्ध भइन् । त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक भएपछि उनले एम्एड पनि उतीर्ण गरेकी थिइन् । उनले २०४२ सालमा पीएचडी गरिन् । नेपाली भाषासाहित्यमा पीएचडी गर्ने उनी प्रथम विश्व नारी प्राज्ञ थिइन् ।

डा.गिरीका कविता, निबन्ध र उपन्यास गरेर १४ वटा कृति प्रकाशित छन् । उनका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । नरेन्द्रराज प्रसाईद्वारा डा.वानीरा गिरीको जीवनीकृति ‘विश्व नारीरत्न वानीरा गिरी’ (२०७०) प्रकाशित भयो भने सो कृतिको अङ्ग्रेजी भाषामा दुर्गा वनवासी शिवाकोटीले अनुवाद (२०७८) गरेकी छिन् ।

सन् १९७६ मा रुसमा सम्पन्न अफ्रोएसियाली युवा लेखक सम्मेलनमा डा.गिरीले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेकी थिइन् । उनी उक्त सम्मेलनमा भाग लिने पहिलो नेपाली महिला प्राज्ञ थिइन् । डा.गिरीभन्दा १८ वर्षअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यसै सम्मेलनमा प्रतिनिधित्व गरेका थिए । डा.गिरीले चीन, वङ्गलादेश, पाकिस्तान, थाइल्याण्ड, सिङ्गापुर, जापान, इटली, फ्रान्स, नर्वे, निदरल्याण्ड, डेनमार्क, स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका आदि मुलुकको भ्रमण गरेकी थिइन् ।

डा.गिरीको विवाह २०२३ सालमा जनकपुरका इन्जिनियर शङ्कर गिरीसँग भएको थियो । यी दम्पतिका एक छोरी अपराजिता र एक छोरा अपूर्वको जन्म भयो । अपराजिता र अपूर्व अमेरिकामै वसोवास गदै आएका छन् ।

डा.वानीरा गिरी विश्व नारी नेपाली साहित्य रत्नको उपाधिका साथै प्रबल गोरखादक्षिणबाहू, महेन्द्र विद्याभूषण (प्रथम), रत्नश्री स्वर्ण पदक, सैनध्वज नन्दकुमारी पुरस्कार, नेपाल राजकीय प्रज्ञापदक, विश्वनारी नेपाली साहित्य पदक, भानुभक्त स्वर्ण पदक, मधुपर्क पुरस्कार, साझा पुरस्कार, लोकप्रियादेवी पुरस्कार, भानुभक्त पुरस्कार, महाकवि देवकोटा पुरस्कार, नेपाली कलासाहित्य डटकम पुरस्कार आदिबाट सम्मानित भएकी थिइन् ।

नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट २०२२ सालमा आयोजित ‘प्रथम कविता महोत्सवमा भैरव अर्याल पहिलो र वानीरा गिरी दोस्रो भएका थिए । कञ्चन पुडासैनीका अनुसार ‘सो महोत्सवमा वानीरा गिरी नै प्रथम भएकी थिइन् । तर प्रवासी नेपालीलाई प्रथम कविता महोत्सवमा नै प्रथम पुरस्कार दिन मिल्दैन भन्ने प्राज्ञहरूवीचको मतमतान्तरका कारण उनलाई दोस्रो पारिएको थियो ।’ त्यतिखेर बानीराको कविता सुनेपछि राजा महेन्द्रले उनलाई नेपालमा नै बस्ने आग्रह गरेका थिए ।

वानीरा फाउन्डेशनले नेपाली भाषासाहित्यका विश्व नारीरत्न डा.वानीरा गिरीजस्तो विशिष्ट प्रतिभाको असामयिक निधनप्रति गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।