१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दू राष्ट्र पुनःस्थापनार्थ राप्रपाको धार्मिक यात्रा-फोटो फिचर



फाइल फाेटाे
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज मैतीदेवीदेखि पशुपतिनाथसम्म धार्मिक यात्रा गरेको छ ।

राप्रपाले गत वर्षदेखि साउनको पहिलो दिन धार्मिक पदयात्रा गर्ने गरेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपाका नेताहरू, धार्मिक क्षेत्रका अगुवाहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तिहरु, समान विचार भएका व्यक्ति, समुह, संस्थाहरु समेतको सहभागितामा मैतीदेवी–पशुपतिनाथ धार्मिक पदयात्रा भएको हो ।

राप्रपाले यस्ता धार्मिक अभियानलाई अब देशव्यापी बनाउदै लैजाने अध्यक्ष लिङ्देनले बताउनुभयो । उहाँले भन्नुभयो ‘आयातित धर्म, संस्कृति, परम्पराको अतिक्रमणबाट देशलाई जोगाउने, समान विचार भएका शक्तिहरुलाई गोलबद्ध गर्दै राप्रपा अघि बढ्छ ।’

शिव सृष्टि र शून्यका प्रतीक हुन् भन्ने मान्यतालाई आत्मसात र अनुसरण गर्दै धार्मिक जागरण फैलाउने, हिन्दूराष्ट्रका पक्षमा जनमत सिर्जना गर्ने अभियान अन्तरगत धार्मिक यात्रा गरिएका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ ।

आयोजक नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र पुनःस्थापनाका लागि जनमत सिर्जना गर्न धार्मिक यात्रा गरिएको जानकारी दिनुभयो ।