१६ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न पीडितहरुको माग



अ+ अ-

काठमाडौँ । गौर हत्याकाण्डका दोषीलाई कानूनबमोजिम अविलम्ब कारबाही गर्न उक्त हत्यकाण्डका पीडितहरुले माग गरेका छन् ।

गौर हत्याकाण्ड पीडित संघर्ष समितिले आज रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र दिँदै अमानवीय र विभत्स हत्या गर्ने गौर हत्याकाण्डका हत्यारा अपराधीहरुलाई वर्षौंसम्म अनुसन्धानको दायरामा ल्याई कारबाही नगर्नाले पीडितहरुको पीडा बोध भएको बताएको छ ।

समितिका संयोजक रुपसागर देवीले उक्त हत्याकाण्डका अपराधीहरुलाई कारवाही नगरे विभिन्न संघर्षका कार्यक्रमहरु अगाडि बढाउने जानकारी दिनुभएको छ ।

नेपालको संविधानअनुसार अपराध पीडितहरुलाई आफू पीडित भएको मुद्दाको अनुसन्धान तथा कारबाहीसम्बन्धी जानकारी पाउने हक हुने भन्दै ज्ञापनपत्रमा अपराध पीडितलाई कानूनबमोजिम सामाजिक पुनःस्थापना र क्षतिपूर्तिसहितको न्याय पाउने हकको समेत उल्लंघन भएको उल्लेख छ ।

“न्याय इन्साफ पाउनलाई सम्मानित सर्वोच्च अदालत प्रक्रियालाई अगाडि बढाउन मात्र परमादेशको मागसहित निवेदन दर्ता भएको अवस्था रहेको छ”, ज्ञापन पत्रमा भनिएको छ ।

उक्त घटना प्रचलित नेपाल कानूनबमोजिम मात्र अपराध नभई नेपाल पक्ष रहेको टर्चर कन्भेसनलगायत अन्य अन्तर्राष्ट्रिय महासन्धिसमेतले यस्ता प्रकारको जघन्य अपराधलाई अन्तर्राष्ट्रिय अपराधका रुपमा स्वीकार गरेको अवस्था रहेको ज्ञापन पत्रमा बताइएको छ ।

विसं २०६३ चैत ७ गते रौतहटको गौरस्थित राइसमिल चौरमा दिउँसो १ः४५ बजे तत्कालीन नेकपा माओवादीले गरेको सभामा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले आक्रमण गर्दा २८ जनाको मृत्यु भएको थियो ।