२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

सुगम जिल्लाको दुर्गम ठाउँमा कोरोना नियन्त्रणमा सक्रिय ‘हिरो’

सुगम जिल्लाको दुर्गम ठाउँमा कोरोना नियन्त्रणमा सक्रिय ‘हिरो’
अ अ+ अ-

धनगढी । डा. गगन चौधरी राम्ररी सुत्न नपाउनु भएको महिना दिनभन्दा बढी भइसक्यो । बिरामीहरूको उपचारमा तल्लीन भएका कारण उहाँलाई आजभोलि निद्रा पनि खासै लाग्दैन । उहाँ सुत्नु परे पनि बिरामीको जाँच गर्दागर्दै त्यही आफ्नो टेबलमा बस्दाबस्दै निदाए मात्रै हो नत्रभने अवस्था छैन । उहाँ कार्यरत प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा कोरोनाका बिरामीको चाप बढेसँगै उहाँको खटाइ सामान्य अवस्थामा भन्दा धेरै भएको छ आजभोलि । 

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर भन्ने बित्तिकै सुगम जिल्लाका रूपमा बुझ्ने गरिन्छ तर यही सुगम जिल्लाको पनि दुर्गम र पछाडि पारिएको ठाउँ हो दोधारा चाँदनी । महाकालीपारिको गाउँका नामले परिचित यस ठाउँमा भएको महाकाली नदी नेपाल भारतको सिमाना पनि हो । विश्वभर महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाले सुदूरपश्चिममा आक्रामकरूपमा सङ्क्रमितहरूको सङ्ख्या बढाइरहेको अवस्थामा करिब ११ भन्दा बढी अनौपचारिक नाका भएका कारण उच्च जोखिममा रहेको दोधारामा दिनरात नभनी सेवा प्रदान गरिरहनुभएका डा. चौधरी सो क्षेत्रमा ‘हिरो’का रूपमा परिचित हुनुहुन्छ । 

पहिलो चरणको कोरोना सङ्क्रमणका बेला चौधरी कार्यरत दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्यभन्दा सामान्य स्वास्थ्य सामग्रीको अभाव थियो । त्यस्तो बेला डा. चौधरीले प्लास्टिकको पिपिइ बनाएर भए पनि सङ्क्रमितको उपचार गरेको सम्झनुहुन्छ सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थी । वर्षौसम्म चिकित्सक नपाएका सुगमको दुर्गम ठाउँ दोधाराका जनताले करिब चार वर्षअघि डा. चौधरीलाई आफ्नो स्वास्थ्य केन्द्रमा पाएका थिए । डा. चौधरीले पनि त्यहाँ बसेर सेवा दिन शुरु गर्दा दर्दनाक अवस्थामा रहेको स्वास्थ्य केन्द्र अहिले सुधारोन्मुख छ ।
 
सामान्य उपचारका लागि पनि भारतीय मेडिकल जानुपर्ने दोधाराका जनताले अहिले डा. चौधरी जस्ता व्यक्तिका कारण आफ्नै ठाउँमा औषधि उपचार पाएका छन् । दोधारा चाँदनीबासीलाई राज्य भएको अनुभूति भएको छ । चिकित्सक नहुँदा १० जना नआउने स्वास्थ्य केन्द्रमा डा. चौधरीले दैनिक १५० जनासम्म बिरामीको स्वास्थ्य परीक्षण गर्न थाल्नुभयो । त्यति बेलादेखि नै डा. चौधरी सुगम जिल्लाको दुर्गम गाउँका जनताको नजरमा हिरो बन्नुभयो । पहिलो चरणको कोरोनाको लडाइँमा उहाँको खटाइको सम्मान गर्दै सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट उहाँलाई ‘कोभिड हिरो’ ले सम्मान पनि गरिएको निर्देशक अवस्थी बताउनुहुन्छ ।  

सम्झौताअनुसार छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्नेले कम्तीमा दुई वर्ष सरकारले खटाएको ठाउँमै काम गर्नुपर्ने हुन्छ । डा. चौधरीले भन्नुभयो, “मेरो पनि दोधारा चाँदनीमा दुई वर्ष मात्रै बस्ने योजना थियो तर यहाँ आइसकेपछि यस क्षेत्रका जनताले सामान्यभन्दा पनि सामान्य औषधि उपचार गर्न नपाएको पिडा देखेर यतै सेवामा लागिरहेँ, दोधारा चाँदनी छाडनै नसक्ने भएँ ।” महाकालीपारि भन्ने बितिक्कै अन्य क्षेत्रका कर्मचारी पनि जान रुचाउँदैनन् । चिकित्सकको त यहाँ प्राय अभाव नै भइरहन्छ । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सककै दरबन्दी भए पनि प्राय खाली नै हुन्थ्यो तर पछिल्लो चार वर्षदेखि यस क्षेत्रमा बसेर सेवा दिइरहँदा यो ठाँउ पनि आफूलाई आफ्नै लाग्न थालेको उहाँको भनाइ छ । 

खुल्ला सिमाना भएका कारण अहिलेको परिस्थितिमा आफूहरूका लागि निकै चुनौती भए पनि आफ्नो कर्म धर्म सबै जनताको सेवा गर्नु नै ठानेर काम गरिरहेको उहाँको भनाइ छ । स्वास्थ्य केन्द्रमा पहिलो चरणको कोरोना फैलँदा पिपिइ, मास्कजस्ता सामान्य कुराहरूको अभाव भएको भए पनि अहिले त्यस्तो अवस्था नरहेको तर अक्सिजनको अभाव भने कायमै रहेको उहाँले बताउनुभयो । (रासस, प्रकाश मिश्र)