२३ असार २०८३, मंगलवार
,
Latest
नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणीमा अवैध माछा मार्ने २४ पक्राउ



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान ३ः०० बजेको समयमा भरतपुर महानगरपालिका–२६ भगेडीस्थित नारायणी किनारबाट उनीहरुलाई पक्राउ गरिएको हो । 

उनीहरुका साथबाट एउटा बोलेरो जीप, दुई स्कुटर, दुई क्विन्टल माछा र ४४ थान तियारी जाल बरामद गरिएको छ । उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम मुद्दा लगाई कानूनी कारबाही गरिने निकुञ्जले जनाएको छ । रासस