२३ असार २०८३, मंगलवार
,
Latest
नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखियोः संविधानविद् आचार्य



अ+ अ-

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिँदै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर देशलाई फिजीको नियतिमा पुर्याउन खोजेको आरोप लगाउनुभएको हो । 

उहाँले लेख्नुभएको छ, 
ओली राष्ट्र घातको कित्तामा उभिएको दिन देखि हामीले बिरोध गर्यो । उनको गुट र कार्यकर्ताहरू हाम्रो बिरुद्ध खनिए। यस्तो महामारीको समयमा आज उनी र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरे। जसको बिरोध पहिले उनी आफैले गरेका थिए। भोलि निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउँलान । सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखियो। एउटा नेता भन्दा देश ठूलो हो। होसियार हौ। त्यो तत्व पचासौं वर्षको ड्युज यो सरकार मार्फत प्राप्ति गर्ने योजनामा छ । त्यसलाई सफल हुन नदिउँ ।