२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

संसद विघटनको विपक्षमा उभिए नेपाल पक्षका यी २३ सांसद

संसद विघटनको विपक्षमा उभिए नेपाल पक्षका यी २३ सांसद
अ अ+ अ-

काठमाडौं । सरकारले चालेको कदमविरुद्ध नेकपा एमाले माधवकुमार नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका हुन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका २६ सांसदमध्ये २३ जनाले संसद विघटनविरुद्ध रिट दिन हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर गर्ने सांसदहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन र झपट रावल, निरादेवी जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन रहेका छन् । 

यस्तै पुष्पाकुमारी कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, दीपकप्रकाश भट्ट, नारायण खतिवडा र मेटमणि चौधरीले पनि सर्वोच्चमा रिट दायर गर्न हस्ताक्षर गरेका छन् ।

देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि समर्थन गरेका नेपाल पक्षका गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडीले भने हस्ताक्षर गरेका छैनन् ।

देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दावी गरे पनि राष्ट्रपतिले नियुक्त नगर्नु असंवैधानिक भन्दै विपक्षी गठबन्धनका सांसदहरुले सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेका छन् ।