११ असार २०८३, बिहीबार
,
Latest
स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी बने अनन्त



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङले भारतको इन्डियन सुपर लिग (आईएसएल) खेल्ने भएका छन् । 

उनी आईएसएल क्लब स्पोर्टिङ क्लब इस्ट बंगालमा अनुबन्धित भएका हुन् ।

सेन्टर ब्याक अनन्तले यस सिजनको अन्तिमसम्मका लागि इस्ट बंगालसँग सम्झौता गरेको बताइएको छ । 

यद्यपि, उनको टोलीले लिगमा अब चार खेल खेल्न बाँकी रहेकोले अनन्तले आईएसएलको चार खेल मात्र खेल्ने छन् ।

अनन्त आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।

अनन्तले सहिद स्मारक ए डिभिजन लिगमा  थ्री स्टार क्लबबाट खेलिरहेका थिए ।

थ्री स्टारले अनन्तलाई आईएसएलका लागि फुकुवा समेत गरिसकेको छ ।

थ्री स्टारले आज अनन्तलाई बिदाइ गर्दैछ ।