२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चले साउन ७ सम्म बन्दी प्रत्यक्षीकरण बाहेक अन्य मुद्दा नहेर्ने



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतमा यही साउन ७ गतेसम्म बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक निवेदनबाहेक कुनै पनि मुद्दाको सुनुवाइ नहुने भएको छ ।

आर्थिक वर्षको अन्त्यमा थाँती रहेका कामहरुको आन्तरिक व्यवस्थापन गर्नुपर्ने भएकाले सर्वोच्चमा साउन ७ गतेसम्म बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक निवेदनबाहेक अन्य कुनै पनि मुद्दाको सुनुवाइ नगर्ने प्रचलन रहेको छ ।

अघिल्लो आर्थिक वर्षको फाँट, मुद्दा नम्बर र मुद्दाको व्यवस्थापन गर्नुपर्ने भएकाले र यो बीचमा एउटा प्रणाली बनाएर नयाँ आर्थिक वर्षभरि काम गर्नुपर्ने भएकाले अन्य मुद्दाको सुनुवाइ गर्न नभ्याइने अवस्था आएको हो ।

सर्वोच्च अदालतमा साउन ७ गतेसम्म बन्दीप्रत्यक्षीकरण र अत्यावश्यक निवेदनको मात्र सुनुवाइ भए पनि साउन ८ गतेदेखि १५ गतेसम्म अन्य निवेदन भने लिइन्छ ।

त्यस्तै जिल्ला अदालत र उच्च अदालतमा भने साउन १५ गतेसम्म बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक निवेदनको मात्र सुनुवाइ हुन्छ ।