६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चले साउन ७ सम्म बन्दी प्रत्यक्षीकरण बाहेक अन्य मुद्दा नहेर्ने



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतमा यही साउन ७ गतेसम्म बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक निवेदनबाहेक कुनै पनि मुद्दाको सुनुवाइ नहुने भएको छ ।

आर्थिक वर्षको अन्त्यमा थाँती रहेका कामहरुको आन्तरिक व्यवस्थापन गर्नुपर्ने भएकाले सर्वोच्चमा साउन ७ गतेसम्म बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक निवेदनबाहेक अन्य कुनै पनि मुद्दाको सुनुवाइ नगर्ने प्रचलन रहेको छ ।

अघिल्लो आर्थिक वर्षको फाँट, मुद्दा नम्बर र मुद्दाको व्यवस्थापन गर्नुपर्ने भएकाले र यो बीचमा एउटा प्रणाली बनाएर नयाँ आर्थिक वर्षभरि काम गर्नुपर्ने भएकाले अन्य मुद्दाको सुनुवाइ गर्न नभ्याइने अवस्था आएको हो ।

सर्वोच्च अदालतमा साउन ७ गतेसम्म बन्दीप्रत्यक्षीकरण र अत्यावश्यक निवेदनको मात्र सुनुवाइ भए पनि साउन ८ गतेदेखि १५ गतेसम्म अन्य निवेदन भने लिइन्छ ।

त्यस्तै जिल्ला अदालत र उच्च अदालतमा भने साउन १५ गतेसम्म बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक निवेदनको मात्र सुनुवाइ हुन्छ ।