२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री तथा एमाले नेता यादव बैङ्किङ कसुरमा पक्राउ



अ+ अ-

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका पूर्व कृषि मन्त्री तथा नेकपा एमाले नेता विजय यादव पक्राउ परेका छन् ।

आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले यादवलाई बैङ्किङ कसुर मुद्दामा पक्राउ गरेको हो ।

रुपन्देही जिल्ला अदालतले बैङ्किङ कसुर मुद्दामा यादवको नाममा पक्राउ पुर्जी जारी गरेपछि उनी डुडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ परेका हुन् । उनलाई अहिले जिल्ला अदालत रुपन्देहीमा बुझाइएको छ ।

उनले बैंकिङ कसुर अन्तर्गत रुपन्देही प्रहरीको पुर्जीका आधारमा यादवलाई पक्राउ गरिएको र मुद्दाको बिस्तृत विवरण आफूलाई पनि थाहा नभएको उनले बताए ।

उनले गत माघ १० गते रुपन्देहीको सियारी गाउँपालिका(१ का उमाशंकर यादवलाई १२ लाख २८ हजार रुपैयाँको चेक दिएका थिए ।उक्त चेक लिएर रकम निकाल्न जाँदा खातामा रकम नभएको पाइएपछि यादवविरुद्ध बैंकिङ कसुरको मुद्दा परेको थियो ।

२०७४ सालको निर्वाचनमा उनी जसपाबाट बाँकेको क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका थिए । त्यसपछि गत निर्वाचनमा नेकपा एमालेमा प्रवेश गरेका थिए ।