काठमाडौं । नेकपा (एमाले)ले पार्टीका ११ निवर्तमान सांसदलाई आफ्नो दलका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षीसंँग मिलेर हस्ताक्षरमा संलग्न भएको आरोपमा स्पष्टीकरण सोधेको थियो ।
स्पष्टिकरण सोधिएका वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जना नेताले स्पष्टीकरणको जवाफ दिएका छैनन् ।
एमालेको जेठ ८ गतेको स्थायी कमिटी बैठकको निर्णय अनुसार माधव नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, लक्ष्मीकुमारी चौधरी, कालिला खान र नीरादेवी जैरुलाई स्पष्टीकरण सोधिएको थियो ।
तोकिएको समयभित्र उनीहरु कसैको पनि जवाफ नआएपछि पार्टीले थप कारबाही प्रक्रिया बढाउन सक्ने आँकलन गरिएको छ ।











