• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु: बामदेव गौतम  ★   नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु ★   सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गनुहोस: प्रधानमन्त्री ★   नेपालले आज इंग्ल्यान्ड ‘सी’ सँग खेल्दै ★   टी–२० विश्वकपलाई लिएर आतंकवादबाट धम्की आयो ! ★   दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा ★   सिन्धुलीको जुनारमा प्रोटिन–वेट छिट्न सुरु ★   विदेशीहरुसँग भेट्दा कुटनीतिक आचारसंहिताको पालना गरौँ: परराष्ट्रमन्त्री श्रेष्ठ ★   कुवेत लगेर मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ ★   आकर्षक ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’

कार्लोस अल्काराजले जिते विम्बल्डन उपाधि, जोकोभिच पराजित



लन्डन: यस वर्षको पुरुष एकलतर्फको विम्बल्डन टेनिस प्रतियोगिता स्पेनी युवा खेलाडी कार्लोस अल्काराजले हात पारेका छन् । उनले डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचलाई ३–२ सेटले पराजित गरी महत्वपूर्ण ग्रान्डस्लाम उपाधि जितेका हुन् ।

गएराति भएको निकै प्रतिस्पर्धात्मक खेलमा अल्काराजले १–६, ७–६, ६–१, ३–६, ६–४ सेटले जोकोभिचलाई परास्त गरेका थिए । पहिलो र चौथो सेटमा पराजित भएका अल्काराजले अन्तिम सेटमा सहजै ६–४ ले जितेर सनसनीपूर्ण नतिजा ल्याएका थिए ।

२० वर्षीय किशोर अल्काराजको यो पहिलो विम्बल्डन उपाधि हो । ३६ वर्षीय जोकोभिच भने लगातार पाँच विम्बल्डन उपाधि जित्ने उच्च फर्मका साथ मैदानमा उत्रेका थिए । यस्तो लाग्थ्यो, उनी नै यस प्रतियोगिताको सहज विजेता हुनेछन् । जोकोभिचले यसअघि २३ वटा ग्रान्डस्लाम जितिसकेका छन् ।

खेल जितेपछि प्रतिक्रिया दिँदै अल्काराजले आफ्नो सपना सत्य सावित भएको बताएका छन् । उनको यो दोस्रो ग्रान्डस्लाम उपाधि हो । यसअघि उनले गतवर्ष युएस ओपनको उपाधि हात पारिसकेका छन् ।

शनिबार राति भएको महिला तर्फको एकल उपाधिमा पनि मार्केटा एन्ड्रोसोभाले खेल जितेर अप्रत्यासित नतिजा प्राप्त गरेकी थिइन् । यस खेलमा उपाधि जित्ने प्रबल सम्भावना ठानिएकी ओन्स जाबेर सोझो २ सेटमा पराजित भएकी थिइन् । एपी

Carlos Alcaraz new Wimbledon Champion, Novak Djokovic loses match.

Serbia's Novak Djokovic cries after losing to Spain's Carlos Alcaraz in the men's singles final on day fourteen of the Wimbledon tennis championships in London, Sunday, July 16, 2023. (AP Photo/Alberto Pezzali)

Spain's Carlos Alcaraz celebrates after winning a point against Serbia's Novak Djokovic in the final of the men's singles on day fourteen of the Wimbledon tennis championships in London, Sunday, July 16, 2023. (AP Photo/Kirsty Wigglesworth)

Serbia's Novak Djokovic returns to Spain's Carlos Alcaraz in the final of the men's singles on day fourteen of the Wimbledon tennis championships in London, Sunday, July 16, 2023. (AP Photo/Kirsty Wigglesworth)

Spain's Carlos Alcaraz celebrates after beating Serbia’s Novak Djokovic to win the final of the men’s singles on day fourteen of the Wimbledon tennis championships in London, Sunday, July 16, 2023. (Victoria Jones/PA via AP)

Kate, Princess of Wales chats with Princess Charlotte as they sit in the Royal Box on Centre Court for the final of the men's singles between Spain's Carlos Alcaraz and Serbia's Novak Djokovic on day fourteen of the Wimbledon tennis championships in London, Sunday, July 16, 2023. (AP Photo/Alastair Grant)