• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

मिटरब्याज सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित



काठमाडौं । प्रतिनिधिसभाबाट मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधनसहित सर्वसम्मतिले पारित भएको छ ।

मिटरब्याज समस्यालाई सम्बोधन गर्ने गरी सरकारले ल्याएको मुलुकी संहिता संशोधन विधेयक सर्वसम्मतले पारित गरेको हो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० लाई पारित गरियोस भन्दै राख्नु भएको प्रस्ताब सर्वसम्मतले पारित गरेको हो ।

मन्त्री गुरुङले यही असार ५ गते राष्ट्रियसभामा उक्त विधेयक दर्ता गराउनुभएको थियो । राष्ट्रियसभाले असार १५ गते दफावार छलफल गरी सोही दिन पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो ।