१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँ दिने



अ+ अ-

काठमाडौं । १२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँ दिने सहमति दिएको छ । अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियु जडान र पिसिआर मेसिन खरिदका लागि अर्थ मन्त्रालयले सहमति दिएको हो । 

त्यसमध्य त्रिवि शिक्षण अस्पताललाई ८० लाख,  जिल्ला अस्पताल चौतारालाई ७५ लाख,  जिल्ला अस्पताल दैलेखलाई ७५ लाख,  जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख, जिल्ला अस्पताल जलेश्वरलाई ७५ लाख, जिल्ला अस्पताल इलामलाई ७५ लाख रुपैयाँ दिने भएको छ । 
 
यस्तै जिल्ला अस्पताल संखुवासभालाई ८० लाख, रामेछाप अस्पतालका लागि ७५ लाख, चौरजहारी अस्पताल रुकुम पश्चिमका लागि ७५ लाख, टिकापुर अस्पताल कैलालीका लागि ७५ लाख, ओखलढुङ्गा अस्पतालका लागि २५ लाख र व्यास अस्पतालका लागि २५ रुपैयाँ रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुसार कोभिड नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिँदै आएको अर्थ मन्त्रालयले जनाएको छ ।