२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

सर्वोच्च अदालतमा रिट पेस गरेर फिर्ता भए विपक्षी गठबन्धन

सर्वोच्च अदालतमा रिट पेस गरेर फिर्ता भए विपक्षी गठबन्धन
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र प्रतिनिधि सभाको पुर्नस्थापनाको माग गर्दै विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा पुर्नस्थापनाको माग गर्दै नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले) को माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका १४६ जना सांसदले सर्वोच्च अदालतमा सोमबार रिट निवेदन दर्ता गर्नुभएको हो । 

विपक्षी गठबन्धनको बहुमत सदस्यले देउवालाई प्रधानमन्त्रीको रुपमा समर्थन गर्दै राष्ट्रपतिलाई हस्ताक्षर बुझाएको भएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त नगरी गत शुक्रबार संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो । यसैको विरोधमा उत्रिएको विपक्षी गठबन्धनले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको भन्दै अदालतको ढोका ढक्ढक्याएको हो ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले भन्नुभयो – ‘संविधानसम्मत् रुपले, संवैधानिक रुपले प्रतिनिधि सभाको तत्काल कायम संख्याको बहुमतको दाबी गरेर संविधान बमोजिम् प्रधानमन्त्री हुनुपर्ने शेरबहादुर देउवाजीलाई नियुक्त गर्नका लागि आदेश माग्ने । सर्वोच्च अदालतबाट हामीले त्यो अपेक्षा गरेका छौँ । र अर्को, असंवैधानिक ढंगले प्रतिनिधि सभाको विघटन भएको छ । प्रतिनिधि सभाको पुर्नगठनको माग लिएर हामी सर्वोच्च अदालतमा १४६ मान्यज्यूहरु आज आउनुभएको छ ।’

नेकपा(एमाले)का नेता भिम रावले राष्ट्रपति र प्रधानमन्त्रीले नेपालको लोकतन्त्र र संविधान कुल्चने काम गरेकाले संविधान विपरितका क्रियाकलाप र अलोकतान्त्रिक गतिविधिका विरुद्धमा सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘संविधानका प्रावधान विपरितका क्रियाकलापहरु, अलोकतान्त्रिक गतिविधि र निर्णयका विरुद्धमा हामीले सर्वोच्च अदालतमा रिट निवेदन दिने निर्णय गरे अनुरुप भर्खरै हाम्रो रिट निवेदन दर्ता भएको छ । प्रतिनिधि सभाका बहुसंख्यक सदस्यहरु १४६ जनाले त्यो रिट निवेदनमा हस्ताक्षर गरेर, सनाखत गरेर सशरिर उपस्थित भएर हामीले रिट निवेदन दिएका छौँ ।’

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको स्वेच्छाचारी गतिविधिका कारण पटक पटक अदालतमा आउनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘यस्तो स्वेच्छाचारी कार्यकारी प्रमुख भइसकेपछि पटक पटक न्यायालय आउनुपर्ने अवस्था भएको छ । यो दुर्भाग्यपूर्ण हो । पटक पटक एउटा अहंकारी कार्यकारी प्रमुखको कारणले गर्दा संविधान उल्लंघन गरेको कारणले गर्दा हामी न्यायालयको ढोकामा आउनुपरेको हो ।’

नेता थापाले अदालत प्रति भरोसा रहेको पनि बताउनुभयो । सर्वोच्च अदालतले यसअघि गरेको व्याख्यामा टेकेर अबको केही दिन भित्रमा संसद पुर्नस्थापना हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।