• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट ★   प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

विश्वविद्यालयलाई दलिय हस्तक्षेपबाट मुक्त गर्नुपर्छः महामन्त्री थापा



फाईल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विश्वविद्यालयलाई दलिय हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले विश्वविद्यालयलाई दलिय हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताउनुभएको हो । उहाँले सरकारले विश्वविद्यालय ऐन छिटोभन्दा छिटो ल्याउनुपर्ने बताउनु भयो । विश्वविद्यालय ऐन ल्याउन ढिलो गरेर सरकारले यसको महत्वलाई बुझ्न नसकेको बताउनु भयो । विश्वविद्यालयको विधेयकहरु ल्याउँदा कार्यपालिकाले कहीँ कतैपनि हस्तक्षेप गर्न नसक्ने गरी ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले पनि विश्वविद्यालयको ऐन ल्याइएको छैन । यो अर्थ मन्त्रालय तिर घुमिरहेको छ । सरकारले यसको महत्वलाई बुझ्न सकेन । सरकारको विश्वविद्यालय शिक्षालाई समग्रतामा हेर्ने एउटा अवसर हो । प्रदेशको सरकारलाई मागदर्शन गर्ने अवसर पनि हो । उच्च शिक्षालाई अनुसन्धानतिर कसरी लिएर जाने, पठन पाठन कसरी बदल्ने ? कतिओटा विश्वविद्यालय चाहिन्छ ? यि सबैको बारेमा हेर्ने एउटा मौका हो । विश्वविद्यालयलाई दलिय हस्तक्षेपबाट मुक्त गर्नको निम्ति विश्वविद्यालयका प्राध्यापक, कर्मचारी लगायतकालाई दलिय सदस्यता लिन नपाउने व्यवस्था जुन अहिले छ, हामी गम्भिरतापूर्वक ति कुराहरुलाई अक्षरशः पालना गर्छौं । कतिपय भएका कमजोरीहरुलाई सच्याउँछौ पनि ।

विश्वविद्यालयको विधेयकहरु ल्याउँदै गर्दा कार्यपालिकाले कहीँ कतैपनि, कुनैपनि बाटोबाट हस्तक्षेप गर्न नसक्ने गरीकन बदल्नुपर्छ । यही आलोकमा अहिले आएको ऐनलाई हेर्नुपर्छ । नविन प्राज्ञिक मान्यता र दृष्टिकोणका साथमा यो आएको छ । जो समाजका व्यक्ति र व्यक्तित्वहरु यो नेपाल विश्वविद्यालय बनाउने पछाडी लाग्नुभएको छ उहाँहरु नेपाली समाजका प्रतिष्ठित नागरिक हुनुहुन्छ । पवित्र सोचका साथमा यो अवधारणा लिएर आउनुभयो । एउटा स्वायत्त, सार्वजनिक संस्थाको रुपमा यसलाई विकास गर्ने उहाँहरुले अठोट गर्नुभएको छ ।’

उहाँले नेपाल विश्वविद्यालयलाई पुराना विश्वविद्यालयहरुमा जस्तै दलिय भागबन्डा हुन दिनु नहुने बताउनु भयो ।