२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

स्वास्थ्य सामग्री तथा उपकरणको गुणस्तर परिक्षण नहुँदा जोखिम बढ्दो

स्वास्थ्य सामग्री तथा उपकरणको गुणस्तर परिक्षण नहुँदा जोखिम बढ्दो
अ अ+ अ-

काठमाडौं । कोभिड १९ संक्रमको दोश्रो लहर संगै यतिबेला संघीय राजधानी काठमाडौं लगायत अधिकांश स्थानमा निषेधाज्ञा लगाईएको छ । यसले सर्वसाधरणको जनजीवन क्रमसः असहज बन्दै गएको छ । निषेधाज्ञाको तेश्रो हप्ता पुग्दै गर्दा कोरोना संक्रमणको पहिचान दर र मृत्यु संख्या घट्न सकिरहेको छैन । सरकार कोरोना संक्रमण कम गराउन हर तरहले लागिरहेको छ । 

सरकारले कोरोना विरुद्धको खोपको लागि विश्व समुदायसँग सहायता मागिरहेको छ । यससँगै सरकारलाई विभिन्न संघ, संस्था दातृ निकायहरुले विभिन्न किसिमका स्वास्थ्य सामाग्री सहयोग स्वरुप प्राप्त भइरहेको छ । यसरी प्राप्त हुने स्वास्थ्य सामाग्री आकस्मिक उपचार सेवाको लागि प्रयोग हुने र दैनिक व्यवहारमा प्रयोग हुने दुई प्रकारका छन् । सहयोग स्वरुप प्राप्त हुने आकस्मिक सेवाका स्वास्थ्य सामग्रीको गुणस्तर परिक्षण र कार्य सघनताको मुल्यांकन गरेको पाईदैन । 

महामारीको समयमा अभाव हुने यस्ता सामग्रीले तोकेभन्दा कम काम गरे वा गुणस्तरीय काम गरेनन् भने बिरामीको ज्यान नै जोखिममा पर्ने देखिन्छ । यसमा सहयोग लिने निकाय चनाखो हुनुपर्ने यस क्षेत्रका जानकारहरु बताउँछन् । 

काठमाडौंका विभिन्न ल्याबहरु र अस्पतालहरुमा परामर्शदाताको रुपमा काम गर्दै आउनुभएका बायोमेडिकल इन्जिनियर हरीराम दवाडीले आकस्मिक स्वास्थ्य सेवा उपचार र कोरोनाको सघन उपचारमा प्रयोग भइरहेका स्वास्थ्य सामग्री तथा उपकरणको गुणस्तर र काम गराइ बारे सही ढंगले परिक्षण नहुँदा जोखिम बढिरहेको बताउनुभयो । उहाँले पछिल्लो समय अभाव र आवश्यकताको अनधिकृत रुपमा फाईदा उठाउदै बजारमा भेन्टीलेटर, हाईफ्लो मेसिन र अक्सिजन कन्सन्ट्रेटर धेरै नक्कली आउन थालेकाले सचेत रहन आग्रह गर्नुभयो ।

यस्तै मेडिकल स्वास्थ्य सामग्री तथा उपकरणको विक्रि वितरण गर्दै आइरहेका व्यावसायीहरुले पनि सामग्री उपकरण खरिद गर्न प्रयोग गर्नुपूर्व धेरै विचार गर्न र अध्ययन गरेर मात्र निर्णय लिन आग्रह गरेका छन् । स्वास्थ्य सामाग्री तथा उपकरण विक्रि गर्दै आउनुभएका व्यवसायी तथा रसायन तथा मेडिकल आपूर्ति संघ नेपालका अध्यक्ष सुरेश घिमिरेले कोरोना संक्रमणको जोखिम बढेसँगै आकस्मिक स्वास्थ्य सेवा उपचारको लागि प्रयोग हुने उपकरणको खरिद र प्रयोगले व्यक्तिहरुको ज्यान जोखिममा पर्न थालेको बताउनुभयो । उहाँले प्राविधिक ज्ञानसहित प्रयोग गर्नुपर्ने उपकरणहरु घर घरमा प्रयोग हुनुको साथै बजारमा नक्कली सामानको बिक्रिबितरण बढेको बताउनुभयो ।

यसैबीच, बजारमा छ्यापछ्याप्ती कम गुणस्तर र नक्कली सामान आउन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने स्वास्थ्य सामाग्री उपकरणको गुणस्तर परिक्षण गरिने बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले आकस्मिक सेवा उपचारमा प्रयोग हुने उपकरण सामग्री मन्त्रालयले तोकेको मापदण्ड बाहेक न किन्न र प्रयोग नगर्न अनुरोध गर्नुभयो । मन्त्रालयले उपकरण सामग्री सहयोग लिंदा पनि तोकिएको मापदण्ड भित्र परेको मात्र लिने नीति बनाएको डा. अधिकारीले बताउनुभयो ।

पछिल्लो समय मित्रराष्ट्र चीनबाट आयत गरिएका तथा विभिन्न संघ संस्थाले सहयोग हस्तान्तरण गरेका चीनमा निर्माण भएका स्वास्थ्य सामाग्री उपकरणमा गुणस्तर कायम हुन नसकेको पाइएको छ । विश्व बजारमा चीनको निर्माण-उत्पादन भएका आकस्मिक स्वास्थ्य उपचार तथा सेवामा प्रयोग हुने उपकरणलाई राम्रो मानिदैन ।