९ श्रावण २०८३, शनिबार
,
Latest
पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन मन्त्री रावल र चिनियाँ राजदूतबीच भेटवार्ता दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व संकलन आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसी इन्टर मियामीमा अनुबन्धित



अ+ अ-

एजेन्सी । अर्जेन्टिनियन विश्व चर्चित फुटबल स्टार लियोनल मेसी अमेरिकी सकर क्लब इन्टर मियामीमा औपचारिक रुपमा अनुबन्धित भएका छन् ।

पछिल्लो दुई वर्ष फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा बिताएका मेसीले गत सिजनको अन्त्यसँगै पीएसजी छाड्ने घोषणा गरेका थिए । पीएसजी छाड्ने घोषण गरेसँगै मेसी आफूले दुई दशकभन्दा बढी समय बिताएको बार्सिलोना फर्कने चर्चा पनि निकै चल्यो ।

अर्कोतर्फ उनी साउदी अरब जाने चर्चा पनि नचलेको होइन । तर फरक हल्ला र चर्चाबीच मेसीले अमेरिकी क्लब मियामी रोजेका हुन् । मेसीले एमएलएस क्लब मियामीसँग सन् २०२५ सम्म रहने सम्झौता गरेका छन् ।

‘‘म इन्टर मियामीबाट अमेरिकामा करियरको अर्को कदम चाल्नका लागि उत्साहित भएको छु । यो मेरालागि राम्रो अवसर हो । हामी सबै मिलेर राम्रो परियोजना निर्माण गर्नेछौं । मियामीमा लक्ष्य प्राप्तिका लागि सबै मिलेर काम गर्नेछौं । म यहाँ आफ्नो नयाँ घर बनाउन लागिपरेको छु,’’ सम्झौतापछि मेसीले भने ।

सर्वाधिक सात पटकका बालोन डी’ओर विजेता मेसीलाई जुलाई २१ मा हुने लिग कपको उद्घाटन खेलबाट मियामीको जर्सीमा देख्न पाइनेछ ।