१७ माघ २०८१, बिहीबार
,
Latest
सामाजिक सञ्जाल मार्फत अनेक खालका वितण्डा मच्चाउने कामभयाे: प्रदीप ज्ञवाली पोखरा–मुग्लिन आयोजनाः पोखरा–जामुने खण्डमा २८ किमी कालोपत्र कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा फर्काएका छौँ, छिटै लयमा फर्किनेछः सञ्चारमन्त्री गुरुङ मन्त्रिहरुले रिबन काट्ने र संसदमा कानून निर्माण गर्नेमा कुन महत्वपूर्ण बुझ्नुपर्छः सभामुख घिमिरे (अन्तरवार्ता) सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने विपक्षी दलको निर्णय, आवश्यक परे सडक संघर्ष गर्ने अमेरिकामा उडिरहेको विमान र हेलिकोप्टर आपसमा ठोक्किए पिएसबीको अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढ्छौँः डा विष्ट शितलहर र चिसोले प्रभावित जनकपुरवासीको जनजीवन, उडान ठप्प संसद् बैठकमा प्रस्तुत गर्ने साझा धारणा बनाउन विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाले ज्यान गुमाएका छन् । २८ असारमा जंगलबाट ल्याएको च्याउ खाएका कारण दुई बालक र उनीहरुकी आमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

लुंग्री गाउँपालिका–५ कालापोखरा घर भएका ३३ वर्षिया भीमा गुरुङ र उनका ११ वर्षका छोरा सुशील गुरुङ, ६ वर्षका छोरा प्रेम गुरुङको मृत्यु भएको हो ।

जंगली च्याउ खाई बिरामी परेपछि २८ असारमै उनीहरुलाई उपचारका लागि सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । उनीहरु तीनै जनाको बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

६ वर्षका प्रेम गुरुङको २८ असारमा, ११ वर्षका सुशील गुरुङको ३० असारमा र आमा भीमाको आइतबार मृत्यु भएको हो ।

 




भर्खरै