२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई विप्लवको चेतावनी : कसैलाई खुशी पार्ने निर्णय मान्य हुदैन



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले सरकारले जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई नबुझेको र परामर्श पनि नलिएकोमा आपत्ति जनाएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सोमबार एक विज्ञाप्ती जारि गर्दै राष्टपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा जारी गरेको नेपालको नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ प्रति आफ्नो पार्टीको ध्यानाकार्षण भएको बताएका हुन्।

“नागरिकताजस्तो राष्टिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरुको व्यापक परामर्श लिन आवश्यक छ । त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्ता संकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुशी पार्नको लागि मात्र यस्ता निर्णय लिन्छन् भने त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने हुन्छ । अतः हाम्रो पार्टी त्यस्ता राष्टियहितविपरित कार्य नहोउन्, त्यस्ता निर्णय खारेज गरिउन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।’,
विज्ञप्तीमा भनिएको छ ।