२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आशिकी’का लागि राहुलले लिएका थिए ३० हजार पारिश्रमिक, ११ दिनमा ४७ फिल्मको अफर



अ+ अ-

एजेन्सी । महेश भट्टको सन् १९९० मा रिलिज भएको फिल्म ‘आशिकी’लाई कसले भुल्न सक्छ ? यो फिल्मपछि राहुल रोय रातारात स्टार बने ।

राहुलले हालैको एक अन्तर्वार्तामा भनेका थिए कि यो फिल्मको क्रेज यति धेरै थियो, मानिसहरू थिएटर स्क्रिनमा सिक्का हानिरहेका थिए ।

राहुलका अनुसार ‘आशिकी’मा काम गरेबापत उनले त्यतिबेला ३० हजार पारिश्रमिक लिएका थिए । आशिकीमा काम गरेको ६ महिनापछि एकैपटक ४७ वटा फिल्मको अफर आएको राहुलले बताए ।

बलिउड हंगामासँग कुरा गर्दै राहुल रोयले भने– ‘फिल्म रिलिज भएपछि म मुकेश भट्ट र महेश भट्टसँग मुम्बईको मेट्रो सिनेमा गएँ । थिएटरबाहिर मानिसहरू हर्षोल्लास गरिरहेका थिए । त्यतिबेला मसँग अंगरक्षक थिएनन् । जब मेरो दृश्य थिएटर भित्र आयो, मानिसहरूले पर्दामा सिक्का फाल्न थाले । दर्शकको यो प्रतिक्रिया देखेर म खुशीले उफ्रिए ।’

राहुलले थप भने– ‘आशिकी रिलिज भएको ६ महिना भइसकेको थियो । मसँग एउटा पनि फिल्म थिएन । तर त्यसपछिको ११ दिनभित्र ४७ वटा फिल्मको अफर आयो । महेश भट्टले आशिकी मार्फत मलाई धेरै सम्मान दिनुभयो ।’

राहुलले एक पटक ‘द कपिल शर्मा शो’मा भनेका थिए कि मानिसहरूमा आशिकीको यति धेरै क्रेज थियो कि उनीहरूले ब्ल्याकमा १५०० रुपैयाँसम्मको टिकट किने । ११ दिनमा ४७ फिल्म गरेपछि राहुल दुविधामा परेका थिए ।

राहुल रोय ‘बिग बोस’को पहिलो सिजनका विजेता समेत हुन् । आशिकी बाहेक उनले ‘जुनून’, ‘फिर तेरी कहानी याद आइ’, ‘नसीब’, ‘एलान’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।