१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना

प्रभु साहको प्रश्न: अरुलाई कानून सिकाउने वकिललाई कानून लाग्छ कि लाग्दैन ?

प्रभु साहको प्रश्न: अरुलाई कानून सिकाउने वकिललाई कानून लाग्छ कि लाग्दैन ?
अ अ+ अ-

काठमाडौँ । आम जनता पार्टीका सांसद प्रभु साहले अरुलाई कानून सिकाउने, न्यायको पैरवी बहस गर्ने, अरुमाथि प्रश्न उठाउने वकिलहरुलाई कानून लाग्छ कि लाग्दैन ? भनी प्रश्न गर्नुभएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर उहाँले आज देशमा वकिलहरुले मनपरी फिस लिइरहेको भन्दै उनीहरुलाई पनि करको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

नेपाल सरकारले बसभाडामा नियमन गरिरहेको हुन्छ, एउटा फ्याक्ट्रीको सामानको नियमन गरिरहेको हुन्छ भन्दै सांसद साहले मुद्दाको बहस, लेखन र परामर्शमा वकिलहरुले लिने फिसमा पनि सरकारले न्यूनतम र अधिकतम दर कायम गर्नुपर्ने भनाइ राख्नुभयो ।

“वकिलहरुले आजकल मुद्दाको ठेक्का लिएर लड्ने गरेका छन्, मुद्दाको ठेक्का लिएर लड्दा मुद्दा हारेको अवस्थामा त्यसको क्षतिपूर्ति तिर्नुपर्ने हो कि होइन ? बहस गर्ने वकिलका कारण मुद्दा हार्यो भने क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने हो कि होइन ?”, उहाँले प्रश्न गर्नुभयो ।

वकिलहरुले मुद्दाको बहस गर्दा लिने पैसा पनि करको दायरामा आउनुपर्ने भन्दै उहँँले भन्नुभयो, “ आलुप्याजमा कर लिने सरकारसँग सोध्न चाहन्छु कि करोडौँ रुपैयाँ कमाउने वकिलहरुलाई कर लाग्छ कि लाग्दैन ?”

प्रतिनिधिसभामा सांसद साहले राख्नुभएको भनाइ यस्तो छ:

अरुलाई कानून सिकाउने, न्यायको पैरवी बहस गर्ने, अरुमाथि प्रश्न उठाउने वकिलहरुलाई कानून लाग्छ कि लाग्दैन रु वकिलहरु जवाफदेही हुनुपर्छ कि पर्दैन रु आज देशमा वकिलहरुले मनपरी फिस लिइरहेका छन् । वरिष्ठ वकिलहरुले बहस गर्दा झन्डै ५ लाख, १० लाखसम्म पनि हामी दिन्छौँ ।

आज यस्तो स्थिति छ कि गरिबले आफ्नो मुद्दामा आफ्नो वकिल राख्नै नसक्ने स्थिति पैदा भएको छ । फिस यसरी मनपरी राख्न दिने हो कि होइन रु अरु देशहरुमा कस्तो प्रचलन छ रु नेपालमा सरकारले एउटा बसभाडा पनि नियमन गरिरहेको हुन्छ, एउटा फ्याक्ट्रीको सामान पनि सरकारले नियमन गरिरहेको हुन्छ ।

वकिलहरुले बहसमा कति पैसा लिने, लेखनमा कति पैसा लिने, परामर्शमा कति पैसा लिने रु सोबारे न्यूनतम र अधिकतमा तोक्नुपर्ने हो कि होइन रु यसको बारेमा सम्बन्धित मन्त्रालयको ध्यान जाओस् भन्ने म विशेष आग्रह गर्न चाहन्छु ।

वकिलहरुले आजकल मुद्दाको ठेक्का लिएर लड्ने गरेका छन् । मुद्दाको ठेक्का लिएर लड्दा मुद्दा हारेको अवस्थामा त्यसको क्षतिपूर्ति तिर्नुपर्ने हो कि होइन ? बहस गर्ने वकिलका कारण मुद्दा हार्यो भने क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने हो कि होइन ?

वकिलहरुले जसरी पैसा लिने गरेका छन् त्यही अनुसार कर तिर्नुपर्ने हो कि होइन ? फिस लिनेले रसिद दिनुपर्ने हो कि होइन ?आज देशव्यापी वकिलहरुले फिस लिने गर्छन् र रसिद दिनुपर्दैन । रसिद पनि दिनु पर्दैन र सरकारलाई कर पनि तिर्नु पर्दैन ।

आलुप्याजमा कर लिने सरकारसँग सोध्न चाहन्छु कि करोडौँ रुपैयाँ कमाउने वकिलहरुलाई कर लाग्छ कि लाग्दैन ? यदि लाग्नुपर्ने हो भने त्यहाँ कर कार्यालय किन हुँदैन ? एउटा वकिलले दिनमा चार/पाँचवटा मुद्दाको बहस गर्छ र एउटा मुद्दामा पाँच/पाँच लाख रुपैयाँ लिन्छ भने दिनको कति पैसा कमाउँछ ? र त्यो पैसा करको दायरामा आउनुपर्ने हो कि होइन ?