• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन

किरण चेम्जोङद्वारा पञ्जाब एफसीसँग सम्झौता नवीकरण



काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले भारतीय क्लब पञ्जाब एफसीसँगको सम्झौता नवीकरण गरेका छन् ।

उनले पञ्जाबसँग एक वर्षको सम्झौता नवीकरण गरेका हुन् ।

पञ्जाब गत सिजन मात्रै इन्डियन सुपर लिग (आईएसएल)मा बढूवा भएको थियो । नयाँ सम्झौतासँगै चेम्जोङ कम्तीमा पनि २०२३–२४ सिजनको अन्त्यसम्म पञ्जाबमा रहनेछन् ।

३३ वर्षीय चेम्जोङले गत सिजन पञ्जाबलाई आई–लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनी २०२०–२१ सिजनको उत्कृष्ट गोलकिपर घोषित हुँदै गोल्डेन ग्लोभ्स अवार्ड समेत जितेका थिए ।

अनन्त तामाङपछि इन्डियन सुपर लिग खेल्ने उनी दोस्रो नेपाली खेलाडी हुनेछन् ।