• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

अष्ट्रेलिया जान लागेकी महिला अबैध सुन र हीरासहित पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया जान लागेकी महिला अबैध सुन र हीरासहित पक्राउ परेकी छन् ।

मलेसियन एयरलाइन्सको उडानबाट काठमाडौं-मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी नेपाली मुलकी अष्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्‍वकर्मालाई अबैध सुन र हीरासहित प्रहरीले पक्राउ गरेको हो ।

विश्‍वकर्माले ७ सय ७० ग्राम सुन र  ५४ ग्राम ७५ मिलिग्राम डाईमन्ड सि‌ लुकाएर लैजान खोजेकी थिईन् । विमानस्थलको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा झोलाभित्र उक्त सुन तथा डाइमन्ड फेला परेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।