१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना

भारतीय सञ्चारकर्मीसँग चर्काचर्की: कोशी ब्यारेजमा भएको यस्तो हो

भारतीय सञ्चारकर्मीसँग चर्काचर्की: कोशी ब्यारेजमा भएको यस्तो हो
अ अ+ अ-

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजमा असार २९ गते शुक्रबार मालवाहक ट्रक खसेको सूचना आयो । ब्यारेजको ढोका नं १० बाट मे१ख ३००७ नंको ट्रक सूचना पाएपछि म रिपोटिङका लागि त्यसतर्फ गएँ । नदीमा झरेको ट्रकमा सवार चालक र अन्य व्यक्तिलाई उद्धार गरिएको थियो भने ट्रकको खोजी भइरहेको थियो ।

भारतबाट सामान ल्याएर आएको ट्रक खसेको खबरपछि सीमा क्षेत्रका क्रियाशील रहेका केही भारतीय सञ्चारकर्मीहरु पनि सो क्षेत्रमा आइपुगे । दिउँसो ४ः३० बजे उनीहरु मबीच विवाद भयो । उनीहरु विदेशी भूमिमा रिपोर्टिङ गर्न आउँदा न स्थानीय प्रशासनसँग अनुमति लिएका थिए न कुनै समन्वय नै गरेका थिए ।

भारतीय सञ्चारमाध्यमले नेपाली सीमामा आएर कतिसम्म गलत प्रचार गर्छ र नेपालीमाथि कस्तो व्यवहार गर्छ भन्ने पछिल्लो उदाहरण हो यो घटना । तराईको जनताको सशक्त आवाजका रुपमा सञ्चालन हुँदै आएको न्युज लाइभ रफ्तारका लाागि कोशी ब्यारेज पुग्दा केही लफडा भयो ।

बिनाअनुमति नेपालमा आएर भारतीय पत्रकारहरुले नेपाल प्रहरीलाई नै अपशब्द बोल्दै प्रश्न गरेपछि मैले सहन सकिन । कोसँग अनुमति लिएर नेपालमा रिपोर्टिङ्मा आउनुभयो भन्दै प्रश्न गर्दा एक महिला पत्रकारले उल्टै ममाथि आक्रमण गर्ने प्रयास गरिन् । त्यति मात्रै हैन उनले अश्लील हर्कत नै गरिन् जुन हेर्नसमेत लायक थिएन।

केही दिनअगाडि कोशी ब्यारेजमा एउटा ट्रक खसेको थियो । सो ट्रक खसेको भिडियोनै सामाजिक सञ्जालमा भाइरल भएको थियो । यही भिडियोको रिपोर्टिङ्ङ गर्न म सो स्थानमै पुगेका थिए। तर भारतीय सञ्चारमाध्यमले सो स्थानबाट गलत शैलीले आफ्नो टेलिभिजनमा प्रचार गर्दै थिए।

प्रहरीलाई नै उल्टो प्रश्न गर्दै के हेरेर बसेको थ्यो त्यो बेलामा भन्दै थर्काइरहेको थिए । सो दृश्य मैले हेरिरहन सकिनँ । मैले सिधा पत्रकारहरुलाई प्रश्न गरेँ, “कोसँग अनुमति लिएर यहाँको रिपोर्टिङ गर्दै हुनुहुन्छ र ? ” एक पुरुष पत्रकारले उल्टै मेरो परिचयपत्र मागे । उनीहरुले त्यति मात्रै गरेनन्, भ्युजका लागि यो सब नाटक गरेको समेत आरोप लगाउन थाले । त्यो कुरा मलाई सह्य भएन । र प्रश्नमाथि प्रश्न राख्दै मैले भारतीय मिडियालाई सो स्थानबाट पछि हट्न बाध्य पारेँ।

दुःखको कुरा यो हो कि भारतीय सीमामा पुगेर कुनै पनि पत्रकारलाई रिपोर्टिङ गर्न अनुमति छैन । सोधे पनि भारतको सीमा रक्षामा खटिएका भारतीय सेनाले सिधै लखेट्छन् । तर नेपाली सीमामा आएर नेपाललाई नै असर पर्ने गरी यसरी रिपोर्टिङ गरिरहँदा र प्रहरीलाई नै थर्काउँदा पनि मौन छ प्रशासन । कोशी ब्यारेजमा भएको सो घटनाले यहाँसम्म पुगेको छ घटना।

सामान बोकेर नेपाल आएको ट्रक कोशीमा खसेको थियो । उक्त भिडियो सामाजिक सञ्जालभरि छ, तर भारतीय सञ्चारमाध्यमले भने नेपाली सुरक्षा राम्रो नहुँदा यसरी दुर्घटना बढेको आरोप मिडिया मार्फतनै लगाउन खोजिरहेको पाइन्छ। नेपालको गलत प्रचार गर्ने र सीमामै आएर यसरी पत्रकारमाथि दुर्व्यवहार गर्ने शैलीप्रति प्रशासन अहिलेसम्म मौन छ। यस विषयमा न कुनै प्रशासन बोल्न सकेको छ न राज्यले नै केही भन्न सकेको छ।

हुन त यो राज्यकै दायित्व हो आफ्नो देशको सीमा रक्षा गर्ने र सीमामा कस्तो सञ्चार माध्यमलाई प्रवेश गराउने भनेर । राज्यकै अंगभित्र गनिने पत्रकारमाथि यसरी भारतीय मिडियाको ज्यादतीले नेपालप्रति कस्तो सन्देश जान्छ?  म नेपाल र नेपालीको लागि बोलिरहने छु । हामी नेपाली एक छौँ । यो प्रतिक्रियाका पछि धेरैको प्रतिक्रिया छ, ‘तपाईंको साथमा हामी छौँ, तपाईं अगाडि बढ्नुहोस्।’

कोशी ब्यारेजमा भएको उक्त घटनाप्रति मिडियाहरुले समेत मलाई खुलेर साथ दिएका छन्। यसअगाडि पनि मैले एक नागरिक साइकलमा यात्रा गरिरहँदा कारबाट निस्केर मुक्का हानेर गम्भीर घाइते बनाएको दृश्य बाहिर ल्याउन सफल भएको थिएँ । म पत्रकारिताको मर्म बुझेर नै यो क्षेत्रमा आएको हुँ । आजको घटनामा पनि ममाथि आधा दर्जन भारतीय मिडियाकर्मी जाइलाग्दा एक्लैले प्रतिवाद गरेँ ।

सोहीबीचमा भारतीय सञ्चारमाध्यामका एक महिलाले मलाई हातपात गर्यो भन्दै लाइभ गरिन् । तर मैले कत्ति पनि नआत्तिकन उनीहरुको प्रतिवाद गरेँ।