• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

यस्ता मानिसको हातमा कहिल्यै टिक्दैन पैसा !



एजेन्सी । वास्तुशास्त्र हिन्दू प्रणालीको सबैभन्दा पुरानो विज्ञान हो । वास्तुशास्त्रमा दिशाहरू धेरै महत्त्वपूर्ण हुन्छन् । यसमा घरका सानादेखि ठूला कुराका लागि केही नियम दिइएको छ, जसलाई अपनाएमा मानिसले धेरै समस्याबाट बच्न सक्छ ।

जहाँ पानी खेर फालिन्छ
घरमा पानी खेर फाल्नु राम्रो बानी मानिँदैन । यसले तपाईंको आर्थिक अवस्थालाई पनि असर गर्न सक्छ । त्यसैले आजैबाट पानी खेर फाल्ने काम बन्द गरौँ ।

यस्ता चीजहरू घरमा नराख्नुहोस्
धेरैको घरमा टुटेफुटेको भाँडाकुँडा राख्ने बानी हुन्छ । यसो गर्नाले व्यक्तिको कठिनाइ बढ्न सक्छ । यसबाट धेरै समस्या आउन सक्छ । त्यसैले यदि तपाईको घरमा पनि भाँडाकुँडा फुटेको छ भने आजै घरबाट निकाल्नुहोस् ।

यस्तो घरमा समस्या आउँछ
कसैको घरमा गलत आम्दानीबाट धन आर्जन भयो वा भन्नुहोस् घुसबाट आयो भने त्यो गरिबीको कारण बन्न सक्छ । जुन घरमा पूजापाठ गर्ने ठाउँ हुँदैन, त्यहाँ मानिसलाई अनेक किसिमको समस्याको सामना गर्नु पर्ने हुन्छ ।

यी मानिसहरूसँग पैसा टिक्दैन
वास्तुका अनुसार जुन घरमा अशुभ ग्रहको स्थिति सदैव रहन्छ त्यस घरमा प्रगति हुँदैन । त्यसैले आफ्नो घरमा शान्ति कायम राख्ने प्रयास गर्नुहोस् । अर्कोतर्फ, जसले सरसफाइको ख्याल गर्दैन वा फोहोर रहन्छ, फोहोर लुगा लगाउँछ, उससँग कहिल्यै पैसा हुँदैन ।