१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवहारिक शिक्षा दिने मुलुकले मात्रै प्रगति गर्नसक्छ: सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले व्यवहारिक शिक्षा दिनसक्ने मुलुकले मात्रै प्रगति गर्न सक्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले व्यवहारिक शिक्षा दिनसक्ने मुलुकले मात्रै प्रगति गर्नसक्ने बताउनुभएको हो ।

उहाँले मुलुकको शिक्षाको ठिक ढंगले विकास गर्न नसकेको मुलुकहरुले विश्वमा प्रगति गर्न नसकेका बताउनु भयो । उहाँले राम्रो शैक्षिक जनशक्तिको विकास गर्नसक्ने मलुकहरुको मात्रै प्रगति सम्भव रहेको उल्लेख गर्नुभयो । सभामुख घिमिरेले शिक्षाको विकास सही ढंगबाट हुन नसकेको भन्दै यसप्रति प्रश्नहरु उठिरहेको बताउनु भयो

उहाँले भन्नुभयो,‘समाजलाई विकास गर्ने सन्दर्भमा शिक्षा जुन रुपबाट विकास गर्नुपथ्र्यो त्यस रुपबाट विकास सायद हुन सकेनकि भन्ने आज प्रश्न उठिरहेको छ । शिक्षा भनेकै के हो ? शिक्षा हामीले प्राप्त गरेको ज्ञान, ज्ञानको विकास र ज्ञान बिस्तार गरेर विश्वलाई हेर्ने कुराहरु हो । र जुन मुलुकले शिक्षा ठिक ढंगले विकास गर्न सकेको छ, शैक्षिक जनशक्ति विकास गर्न सकेको छ, व्यवहारिक शिक्षा दिन सकेको छ, त्यसलाई व्यवहारमा उतारेर शिक्षाको गुणस्तरलाई परिवर्तन गर्न सकेको छ, त्यो मुलुकहरुले मात्रै विश्वमा प्रगती गर्न सकेका छन् ।’

उहाँले शिक्षाको विकासका लागि अतिरिक्त क्रियाकलापहरुले महत्वपूर्ण पाइलाको शुरुवात गर्ने बताउनु भयो ।