१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रमीकको ज्यालावृद्धि गर्न माग गर्दै ट्रेड युनियन काँग्रेस प्रदर्शन



अ+ अ-

काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसले श्रमीकलाई जिउन पुग्नेगरीको ज्यालावृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ ।

आईतवार काठमाडौंको माईतीघरमा भेला भइ सत्तारुढ दल नेपाली काँग्रेसको संगठन नेपाल ट्रेड युनियन काँग्रेसले दबाबमुलक प्रदर्शन गरेको हो ।

हरेक दुई वर्षमा श्रमीकहरुको पारीश्रमीक बढाइने र सोही अनुसार काम अहिले अघि बढीरहेपनि सरकारलाई खबरदारी गर्न दबाबमुलक कार्यक्रम गरेको नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताउनु भयो । उहाँले यो कार्यक्रममा एक हप्ता यता निरन्तर चलिरहेको बताउनु भयो । उहाँले सरकारलाई श्रमीकहरुको न्युनतम पारिश्रमीक कम्तीमा २५ हजार बनाउनका लागि स्थानीय तह र प्रदेश सरकारमा ज्ञापन पत्र बुझाइसकिएको र आज केन्द्र सरकारको पनि ध्यानाकर्षण गराउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२ वर्षमा पारिश्रमीक वृद्धि हुनुपर्ने हो । प्रत्येक २/२ वर्षमा वृद्धि हुन्छ । यतिबेला त्यसको प्रक्रिया अघि बढीरहेको छ । सरकार र रोजगार दाताहरुलाई ध्यानाकर्षण गराउनको लागि जिउन पुग्ने ज्याला निर्धारण गर्नको लागि खबरदारीको रुपमा यो दबाब कार्यक्रम अघि बढाएका हौँ । यो कार्यक्रम हाम्रो यो हप्ताभर चलिरहेको छ । जिल्लास्तरमा बुझाएका छौँ, प्रदेश स्तरमा बुझाएका छौँ, अब केन्द्रमा बुझाउने छौँ । न्युनतम ज्याला वृद्धि, श्रमीकलाई जिउन पुग्नेगरीको ज्यालावृद्धि हामीले कम्तिमा २५ हजार रुपैयाँ हुनुपर्छ भन्ने माग हो ।’

उनीहरुले श्रमीकको न्युनतम पारीश्रमीक २५ हजार कायम गर, श्रम आयोग गठन गर, नीति, निर्माण तहमा श्रमीकको प्रतिनिधित्व व्यवस्था गर, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य लागू गर, स्थानीय तहमा श्रमीकको पञ्जीकरण गर लगायतका प्लेकार्ड, ब्यानरसहित नारा लगाएर सरकारलाई दबाब दिएका थिए ।