• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   दीपेन्द्रसिंह ऐरीलाई यूएईको आईएल टी–२० लिग खेल्न गल्फ जायन्ट्सले गर्यो रिटेन ★   टी–२० विश्वकपको सुपर ८ मा दुई आयोजक भिड्दै, दुबैलाई जित्नैपर्ने दबाब ★   रूसी नेता पुटिन थप शक्तिशाली कि कमजोर ? ★   सिमेन्ट उद्योगका जटिलता हटाउन सकारात्मक छौँ: उद्योगमन्त्री भण्डारी ★   नेपाली काँग्रेस संसदीय दलको बैठक जारी ★   प्याट कमिन्सअघि यी ६ बलरले टी–२० विश्वकपमा ह्याट्रिक लिएका थिए ★   सिमेन्ट उद्योगलाई उद्योगस्थलकै तौल पुल प्रयोग गरी उत्खनित खनिजको परिणाम मापनका लागि ६ महिना म्याद… ★   रास्वपाको चियापान कार्यक्रममा शीर्ष नेताहरु– तस्बिरहरु ★   कर्नाटक प्रहरीको खुलासाः प्रमाण नष्ट गर्नका लागि दर्शनले साथीसँग ४० लाख रुपैयाँ लिए ★   ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

राष्ट्रिय भलिबल टिमका कप्तान हरिहजुर थापा बर्खास्त



काठमाडौं । नेपाल भलिबल संघले हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त गरेको छ । जिम्मेवारी निर्वाह गर्ने क्षमता नदेखिएका कारण हरिहजुरलाई कप्तानीबाट हटाईएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

सोमबार सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगअन्तर्गत गण्डकी प्रदेशविरुद्ध खेलका दौरान हरिहजुर दर्शकतर्फ आक्रोशित भएको र कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको भन्दै उनलाई कारवाही गरिएको श्रेष्ठले बताए ।

सोमबार गण्डकी प्रदेशविरुद्ध आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेका थिए । घटनापश्चात गठन भएको ५ सदस्यीय छानबिन समितिले दिएको सिफारिसको आधारमा संघले कारवाहीस्वरुप उनको पद खोसेको हो ।

‘उनमा राष्ट्रिय टोलीको कप्तानी गर्ने क्षमता देखिएन । त्यसैले उनीमाथि कारवाही स्वरुप पदमुक्त गर्ने निर्णय गरिएको हो’, महासचिव श्रेष्ठले भने ।

घटनाका बारेमा छानविन गर्न ५ सदस्यीय समिति गठन गरिएको थियो । समिति ले बुझाएको प्रतिवेदन र त्यसले दिएको सुझावका आधारमा शनिबार बसेको संघको कार्यसम्पादन समितिको बैठकले कारवाही गरेको महासचिव श्रेष्ठले जानकारी दिए ।

छानविन समितिले आर्मीका खेलाडी, टोली, उजुरी दिने दर्शक लगायतको बयान लिएको थियो । सोमबार भएको खेलमा गण्डकी प्रदेशविरुद्ध तेस्रो सेटमा आर्मी २३–२४ को अवस्थामा थियो । रेफ्रीले चेकआउट हुँदा अंक आर्मीलाई दिएको भन्दै गण्डकीका खेलाडीले असन्तुष्ट जनाएका थिए । त्यसैक्रममा आर्मीका खेलाडीलाई दर्शकले अपशब्द बोल्नुको साथै बोतल प्रहार गरेपछि खेलाडी संयमित हुन नसक्दा उक्त घटना घटेको थियो ।

संघले गत महिना मात्र हरिहजुरलाई राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको थियो । हरिहजुरको कप्तानीमा नेपालले कीर्गिस्तानमा काभा नेसन्स लिगमा खेलेको सबै ६ खेल गुमाएको थियो ।