२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

एमालेबाट सुदूरपश्चिम सरकारलाई दिइएको समर्थन फिर्ता

एमालेबाट सुदूरपश्चिम सरकारलाई दिइएको समर्थन फिर्ता
अ अ+ अ-

काठमाडौ । नेकपा (एमाले) को  स्थायी कमिटी बैठकले  सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।   प्रदेशमा नेकपा (माओवादी केन्द्र) र एमालेको सयुंक्त सरकारको नेतृत्व माओवादी केन्द्रले गरेको छ । सुदूरपश्चिममा माओवादी केन्द्रका तर्फबाट त्रिलोचन भट्ट मुख्यमन्त्री हुनुहुन्छ । 

प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २५ सदस्य छन् । यस्तै सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका १३ जना छन् । माओवादीले एक सदस्यलाई यसअघि नै कारवाही गरेर हटाइसकेको छ । कांग्रेसका १२ सदस्यले प्रतिनिधित्व गर्दा जनता समाजवादी पार्टी नेपालका  दुई सदस्य छन् ।

तत्काल कायम रहेको ५२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न २७ सदस्य आवश्यक पर्छ । माओवादी केन्द्र, कांग्रेस र जसपा मिलेमा सरकारलाई सजिलो पर्छ । केन्द्रमा जसपा  प्रधानमन्त्री केपी ओलीको सरकारकै निरन्तरताको चाहनामा रहेको हुनाले  एमालेबाहेक माओवादीले सरकार बनाउन सक्ने सम्भावना कम छ । मालेबाट सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले  आधिकारिक जानकारी आएपछि छलफल गरिने जानकारी दिनुभयो ।