२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा उपलब्ध गराउनुपर्छ: मन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा लिनसक्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा भएको उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ र सुरक्षा निकायका पूर्व उच्च अधिकारीबीच शान्ति सुरक्षा सुदृढीकरणका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आन्तरिक रुपमा सरकारी संगठनहरुलाई संस्थागत गरी सुदृढ बनउने काम सरकारले गरिरहेको बताउनु भयो । उहाँले मन्त्रालय विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने ? स्वच्छ ढंगले काम गर्ने कसरी बनाउने ? र उनीहरुलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने ? भन्नेबारे सरकारले पनि आवश्यक तालिम दिनुपर्ने बताउनु भयो । उहाँले सरकारी कार्यालयभित्र अवाञ्छित चलखेलले भुमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो गृह मन्त्रालय अन्तर्गतको कर्मचारी प्रशासनमा हाम्रो नेपाल प्रहरीमा, शसस्त्र प्रहरी बल,नेपाल, राष्ट्रिय अनुसन्धान वा अरुपनि सरकारका कर्मचारी संयन्त्रदेखि लिएर सबै ठाउँमा हामीले विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने ? स्वच्छ ढंगले काम गर्ने कसरी बनाउने ? र उनीहरुलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने ? ।

विधिको पालना, संस्थागत काममा, आफूलाई भ्रष्टाचार र अनियमितताबाट मुक्त गरी स्वच्छ कसरी बनाउने ? र जनमुखी अभिमुखीकरण कसरी गर्ने भन्नेकुरामा ध्यान नदिकन जनतालाई जनताको क्षेत्रमा, देशमा, समाजमा सुशासन स्थापित गर्ने र जनताको डेलिभरी सहजतापूर्वक छिटो उपलब्ध गराउने काम वा आफूलाई दिएको जिम्मेवारी जनताको पक्षमा सम्पन्न गर्ने काम त्यति प्रभावकारी हुन सक्दैन भन्ने हाम्रो अनुभुति छ । आन्तरिक रुपमा हाम्रा संगठनहरुलाई कसरी हामीले संस्थागत काममा लगाउने, त्यहाँभित्र कसैलाई पक्षपात भएको अनुभुति गर्न नदिने, प्रणालीमा काम गर्ने, अवाञ्छित चलखेलले भुमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्नुपर्छ । कार्यदक्षता प्रभावकारी नबनाइ काम गर् भनेर परिणामको मात्रै अपेक्षा गर्न सकिँदैन । यसमा पनि हाम्रो ध्यान दिनुपर्छ । डेलिभरी छिटो र सहज ढंगबाट दिन संयन्त्र कसरी परिचालन गर्ने भन्नेमा हाम्रो ध्यान जान जरुरी छ ।’

मन्त्री श्रेष्ठले कर्मचारीको कार्यदक्षता प्रभावकारी नबनाइ काम गर् भनेर परिणामको मात्रै अपेक्षा गर्न नहुने बताउनु भयो ।