५ चैत्र २०८१, मंगलवार
March 18, 2025 Tuesday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.02

Wind: 2.06

Humidity: 41

तपाईं के खोज्दै हुनुहुन्छ ?

घट्यो सुनको मूल्य, चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ ।

आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले घटेर एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबारमा छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो उक्त सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आईतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी शुक्रबार कै मूल्यमा स्थिर रहि प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नोट: यसअघि सुनको मूल्य बढ्यो भनिएकोमा सच्चाईएको छ ।