२३ असार २०८३, मंगलवार
,
Latest
नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारकर्मी फुर्वा शेर्पाको अर्को रेकर्ड !



अ+ अ-

काठमाडौ । गायक, निर्देशक तथा सञ्चारकर्मी फुर्वा शेर्पाले एउटा अर्को रेकर्ड बनाउन सफल भएका छन् । हालै शेर्पाले आफूले रेकर्ड राखेको प्रमाणपत्र लिने क्रममा थप अर्को एउटा रेकर्ड राख्न सफल भएका हुन् ।

उनले हालै राखेको रेकर्ड चाहिँ विश्वको सर्वोच्च स्थानमा आफूले राखेको रेकर्डको आधिकारिक प्रमाणपत्र लिने व्यक्तिको रेकर्ड राखेका हुन् । शेर्पाले सन् २००४ मा ‘गीत एक अक्षरको’ नामक एल्बममा देवनागरी लिपिको एक अक्षर ‘म’ मात्रै प्रयोग गरी गीत गाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए भने हालै त्यही गीतलाई यूकेको वल्र्ड बुक अफ रेकर्डले समेत रेकर्डको रुपमा स्वीकार ग¥यो ।  

यसैको आधिकारिक प्रमाणपत्र वल्र्ड बुक अफ रेकर्डले फुर्वा शेर्पालाई सगरमाथाको बेसक्याम्पमा प्रदान गर्दा विश्व कै सर्वोच्च स्थानमा प्रमाणपत्र पाउनेको रेकर्ड समेत शेर्पाले राख्न सफल भएका हुन् ।