२५ श्रावण २०८३, सोमबार
,
Latest
परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने २८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा तय गर्छ : मोहनबहादुर बस्नेत चिनियाँ राजदूत झाङ माओमिङद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट प्रतिपक्षले प्रश्न गर्दा ‘ओलीको कार्यकर्ता’ भनिएकोमा राप्रपा नेता शाहीको आपत्ति सरकार–सञ्चारमाध्यम सम्बन्ध सुदृढ बनाउन शिक्षामन्त्री पोखरेलले गरे सम्पादकहरूसँग छलफल राष्ट्रिय गौरवका आयोजनाका लागि एउटै प्रभावकारी कानून बनाऔँ : सांसद डाँगी धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानूनी र नैतिक आधार आवश्यकः सांसद महन्थ ठाकुर सरकारले सुशासन र सदाचारमा ध्यान दिन सकेनः सांसद सुनार सदाचार नीति कार्यान्वयनमा सांसद भट्टको जोडः ‘अरूलाई सुधार्नुअघि आफू सुध्रिन आवश्यक’ सदाचार नीति कार्यान्वयनका लागि इच्छाशक्ति आवश्यक, अतिरिक्त बजेट चाहिँदैनः सांसद देवकोटा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र बंगलादेशबीचको दोस्रो खेल आज



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा हुन लागेको खेल नेपाली समय अनुसार साँझ ५:१५ बजेबाट सुरु हुनेछ ।

नेपाल र बंगलादेशले पहिलो मैत्रीपूर्ण खेल बिहीबार खेलेको थियो । उक्त खेल १–१ को बराबरीमा टुंगिएको थियो । सावित्रा भण्डारी सम्बाले ४ मिनेट थप इन्जुरी समयमा गोल गर्दै नेपाललाई हारबाट जोगाएकी थिइन् ।

नेपाल र बंगलादेशबीच यसअघि १० पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल ६ पटक विजयी भएको थियो भने ३ खेल बराबरीमा टुंगिएको थियो । बंगलादेशले एक मात्र खेलमा जित हात पारेको थियो ।

नेपाली महिला फुटबल टोली

गोलकिपर – एन्जिला तुम्बापोा सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ

डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजना राना, विमला विके, निशा थोकर, समिक्षा घिमिरे, अन्चली वाइवा

मिडपिफल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही

फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल