४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

भूत भगाएर मनाइयो भक्तपुरमा गठाःमुग

भूत भगाएर मनाइयो भक्तपुरमा गठाःमुग
अ+ अ-

भक्तपुर ।  दिउँसोदेखि टोलटोलमा नर्कट र परालको मिश्रणबाट बनाइएको राक्षस अर्थात गठाःमुंगको परालकै हात खुट्टा, टाउँको, टाउँकोमा पुरानो हाडी राखिएको थियो ।

नाङ्गोलमा आँखा, नाक, कान बनाइएको, नर्कटमा परालको डोरीले बाँधेर लिङ्ग र भोगटेको दुई अण्डकोष बनाएर प्रर्दशन गर्न थालेपछि स्थानीयले नेपाल भाषामा बोल्न थालेको अश्लिल शब्द र गीतले भीडमा एक प्रकारको भीडमा लाज र हाँसो देखिन्थ्यो ।

जब साँझ ढल्दै थियो, नगर टोलका चोक–चोकमा महिला, पुरुष, बालबालिका, युवायुवतीको उपस्थिति बाक्लिदै गयो । बालबालिका, युवा एवं पुरुषहरुले हातहातमा छ्वालीको राँको बाल्दै अघि–अघि बिभिन्न नारा लगाउदै र अर्को समूहले राक्षसरुपी गठाःमंगलाई बोकेर गीत गाउँदै चौबाटो, दोबाटो र नगर एवं टोल बाहिर खोला किनारा, मन्दिरको अगाडि चोकमा लगेर त्यसलाई बालेर राक्षस नष्ट गरेको भन्दै गठाःमुंग मनाएका छन् ।

यसरी बलेको आगोमाथि र वरिपरि रुन्चे लागेको र भूत लागेको भनिएका स–साना बालबालिकालाई आगो ताप्न लगाइएको थियो । यसो गर्दा भूत र रुन्चे लागेको निको हुने जनविश्वास छ ।

भक्तपुरमा पृथक शैलीमा मनाइने यसपर्वमा गठाःमुंग नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप आज साँझ भक्तपुरको टोलटोलबाट जठाःमंग निकालिएको हो । भूत पिशाचले दुःख दिइरहेको घरमा आजका दिन भूत भगाएर पठाउने र भूत–प्रेतलाई घरबाट बाहिर धपाइँदा घरका जहान, परिवारलाई कुनै रोग–व्याधिले छुन नपाओस् भन्ने विश्वासका साथ त्यसदिन पञ्चरङ्गी औंठी लगाउने चलन छ ।

यो औंठी टोलटोलमा उभ्याइराखेको गठेमङ्गललाई छुवाएर लगाएमा भूत–प्रेत, पिशाचले छुन नसक्ने र अनेक रोगव्याधिबाट बच्ने विश्वास रहँदै आएको छ । यही दिन टोलटोलमा उभ्याइराखेको गठेमङ्गललाई कपडाले बनाइराखेको पुतलीका मालालाई लगाइदिनाले बालबालिकाले पिरेर दुःख दिइराखेका पिशाचले छोडेर जाने जनविश्वास रहँदै आएको छ ।

भक्तपुरका इतिहास एवं संस्कृतविद डा पुरुषोत्तमलोचन श्रेष्ठले साताै शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेवसँग जोडिएको बताउनुहुन्छ । महादेवलाई मन पराउने राक्षसको रुपमा गठाःमुंग वीर शैव सम्प्रदायअन्तर्गत रहेको उहाँको भनाइ छ ।

आजको दिनलाई महादेव उत्पत्तिको दिन समेत मानिने, आजदेखि रोपाइँ सकेर रमाइलो गर्ने, चाडबाड सुरु हुने दिनका रुपमा पनि मानिने डा. श्रेष्ठले बताउनुभयो । आज केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने प्रचलन छ ।

गोपाल वंशावलीअनुसार गठाःमुंगलाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोलमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वास छ ।

भक्तपुरमा यो पर्वलाई यौनसँग पनि दाज्ने गरिन्छ । राक्षस रुपी गठाःमुंगलाइ शरीरको रुप दिएर परालबाट लिङ्ग बनाइ दुई वटा भोगटेको अण्डकोष बनाएर दिनभरी टोलटोलको दोबाटो, चौबाटोमा उभ्याईराखेपछि साँझ त्यसलाई बोकेर अश्लिल गीतहरु गाउँदै चोकचोकबाट निकालेर टोल नगरबाट बाहिर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परा छ ।

राँको बालेर भूत भगाउने भन्दै पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पु-याइन्छ । अश्लिल गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ । परम्परादेखि नै अश्लिल शब्दहरुको प्रयोग गर्ने छुट रहेको किम्बदन्ती पाउन सकिन्छ । त्यसपछि राति घरघरमा राक्षसहरू मरिसक्यो भनेर आफ्ना श्रद्धानुसार बलीपूजा गर्ने चलन पनि रहेको छ । तान्त्रिकहरू यसलाई ‘चर्हेपूजा’ भन्दछन् ।

त्यसअघि गठाःमुंग चर्हे पर्वको अवसरमा आज भक्तपुरका विभिन्न देवदेवीको शक्ति पीठमा दर्शनार्थीको भीड लागेको थियो । नेवार समुदायले आज घर–घरमा लिपपोत गरी शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन छ । जल नछर्केसम्म कसैले खान नहुने मान्यता छ ।

घरलाई चोखो बनाएपछि नेवार समुदायले बौ वाय् ज्या (भुत मन्छाउने) गर्दछन । काँचो माटोको सानो दहीको कतारो वा सलीचामा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रंगीविरंगी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ति बालेर टोल बाहिरको दोवाटो वा चौवाटोमा लगेर राख्दै भूत पन्छाउने गरिन्छ ।

त्यसपछि घरमा भुत प्रेत पस्न नदिन घरघरको मुल ढोका र मुख्य निदालमा पंचरंगी मयूरको प्वांख र तीनखुट्टे फलामको किला ठोकेर गरिन्छ । यसो गर्दा घरमा भूत, प्रेत पस्दैन भन्ने मान्यता अझै रहदै आएको छ । आजकै दिन घरका साना केटाकेटीहरुलाई फलाम वा तामाको औंठी लगाईदिने प्रचलन रहेको छ भने वयस्क युवतीले घण्टाकर्णको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन रहदै आएको छ ।

नेवार समुदायले गठाःमुंगलाई ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने प्रचलन छ । आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गर्ने गरिन्छ । त्यसको साथै गाईजात्रामा प्रदर्शन गरिने भैरव लगायतका विभिन्न नाच तथा व्यंग्यात्मक नाटकको प्रशिक्षणसमेत आजबाट सुरु गरिन्छ ।

यस्तो छ किम्बदन्ती :

भक्तपुरका प्रसिद्ध संस्कृतकर्मी एवं ऐतिहासिक दस्तावेजका लेखक लिलाभक्त मुनंकर्मीको पुस्तकमा उल्लेख भए अनुसार रूद्रयामल–तन्त्रमा, नेपाललाई ध्वंस पार्न गठेमङ्गल नाम गरेको बडेअजंगको एक राक्षस आएर उत्पात मच्चायो । सो राक्षसलाई कसैले पनि मार्न सकेन । अन्त्यमा एकजना तान्त्रिकले आफू भ्यागुतोको रूप लिई त्यस राक्षसलाई यमलोक पठाइदिए । नेपालमा त्यस राक्षसलाई श्रावण कृष्ण चतुर्दशीको दिनमा मारेकोले त्यस दिनलाई नेपालीहरूले ठूलो उत्सव साथ पर्व मानी आएको हो ।

त्यसदिन टोलटोलमा सोही राक्षसको मूर्तिको अनुकरण गरी नेपालमा उत्पात गरी दुःख दिने राक्षस यही नै हो भनी सबैलाई देखाइ साँझ पर्न लागपछि घिसारेर लगी देशबाहिर पु¥याइ आगोले जलाइदिने गर्दछ ।

राक्षसलाई मारेको दिनदेखि नेपालमा मानिसहरूको आयु बढेको मान्यता यो समुदायमा छ । रूदयाल–तन्त्रबमोजिम उक्त दुष्ट राक्षसलाई मारिदिएको श्रावण कृष्ण चतुर्दशीको दिनको बडो महत्व भएकोले पर्व गरी मनाइआएको हो । यसैको आधारमा यो पर्व आजसम्म मनाइँदै आएको छ । रासस